Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह

Thursday, July 16, 2020 National Power

काठमाण्डौ – पछिल्लो समय विवादित कुराहरुले सिनेक्षेत्रलाई नै दुर्गन्धित बनाईरहेको छ । कोरोना भाईरसको महामारीले नेपालमा लकडाउनको अवस्था चलिरहदा झन्डै आधा दर्जन कलाकारहरु विवादमा मुछिए । कोहि अन्तरबार्तामा बोलि चिप्लिएर विवादित भए भने कोहि एक(अर्कालाई आरोप प्रत्यारोप लगाउदै विवादीत बन्न पुगे । अहिले ति सबै विवादहरु सेलाउदै गएपनि दिपाश्री निरौलाको एक अन्तरबार्ताको कारण उब्जिएको महानायक काण्ड भने झनै बुर्कुसी मारिरहेको छ । यस विषयमा तपाईहरु धेरै नै जानकार हुनुहुन्छ । अन्तत राजेश हमाल पनि बोल्न बाध्य भए । हेर्नुस उनले यो बिषयमा बोलेका कुराहरु ।

उनि मध्यरातमा आफ्नो फेसबुक मार्फत ुमेरो अनुरोधु लेखेर भावुक बन्दै लाईभ आए । उनले ुआफ्नो अभिव्यक्तिहरु सार्बजनिक स्थलमा राख्दा एक्कासि यस्ता खाले प्रतिक्रिया दिएर मानवतामा आच आउने, आघात पुग्ने, मानवतामा चोट लाग्ने कार्य गर्नु सहि होला र रुु भनेर प्रश्न गरेका छन् । आफुमा सहिष्णुता रहेको बताउदै यस्ता खाले भनाई र अभिव्यक्तिलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अघि बढिरहने उर्जा थप्नलाई दर्शकको ठुलो भूमिका रहेको लाईभमा बताए । राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपाश्रीलाई तल्लो स्तरमा ओर्लिएर गाली गलौच गरिरहेका छन् ।

एउटी महिलामाथि यसरी तथानामा गालीको बर्षा भईरहँदा सिंगो फिल्म क्षेत्रले दुस्ख प्रकट गरेको छ । यस्तो अवस्थालाई बिगत केहि साता देखि नियाली रहेका हमालले आम दर्शक तथा जनसमुदायहरुलाई अलि फराकिलो भएर, बृहत चित्रलाई मनन गरेर र सकारात्मक हिसाबबाट कसैको मानवतामा आच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गर्न आग्रह समेत गरेका छन् । यो सिने क्षेत्रको लागि, कला क्षेत्रको लागि र मानवताको लागि अत्यन्तै सकारात्मक भएर दिपा श्री निरौलालाई क्षमा दिन अनुरोध गरे भने कलाकारलाई आफ्नो सिर्जना पस्किन प्रेरित गर्न र तथा सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको उनले बताए ।