Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कर्णाली प्रदेशमा मिसिने कोहलपुर नगरपालिकाको निर्णय

Monday, July 13, 2020 National Power

बुटवल – बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो ।कोहलपुरका लागि बुटवल वा दाङ टाढा र अपायक हुनुका साथै कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजाति लगायत पिछडिएको वर्ग र समुदायले सुविधा र अवसर धेरै पाउने भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने निर्णय गरिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

‘नगरपालिकाका झण्डै एक लाख जनताको पहिल्यैदेखिको माग थियो, यसपटक नगरसभाको वैठकबाट सर्वसम्मत निर्णय गरेका छौं’ रावतले भने, ‘कोहलपुरको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्ध प्रदेश ५ संग भन्दा कर्णालीको सुर्खेतसंग धेरै नजिक र मिल्ने हुँदा यतै मिसिने निर्णय गरेका हौं ।’ कर्णाली प्रदेशमा मिसिने लिखित निर्णयको प्रति माग्दा नगरप्रमुख रावतले निर्णयलाई अन्तिम रुप दिने र प्रमाणीकरण गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।

कोहलपुर नगरपालिका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको निर्वाचन क्षेत्र हो । कोहलपुरलाई कर्णालीमा मिसाउने निर्णयबारे मन्त्री पौडेललाई समेत जानकारी गराइएको नगरप्रमुख रावतले बताए । यसअघि बाँकेकै नेपालगन्ज उपमहानगरपालिकाले पनि प्रदेशको राजधानी नेपालगञ्ज बनाउन पहल गर्ने र सम्भव नभए कर्णाली प्रदेशमा गाभिने लिखित निर्णय गरेको थियो ।

साढे दुई वर्ष पूरा भइसक्दा समेत प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको टुंगो लाग्न सकेको छैन । राजधानी र नाम सिफारिस समितिले प्रदेशसभामा प्रतिवेदन बुझाइसके पनि प्रदेश सभामा उक्त प्रतिवेदनमाथि छलफल भएको छैन ।