Wednesday 16th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

कर्णाली प्रदेशमा मिसिने कोहलपुर नगरपालिकाको निर्णय

Monday, July 13, 2020 National Power

बुटवल – बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो ।कोहलपुरका लागि बुटवल वा दाङ टाढा र अपायक हुनुका साथै कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजाति लगायत पिछडिएको वर्ग र समुदायले सुविधा र अवसर धेरै पाउने भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने निर्णय गरिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

‘नगरपालिकाका झण्डै एक लाख जनताको पहिल्यैदेखिको माग थियो, यसपटक नगरसभाको वैठकबाट सर्वसम्मत निर्णय गरेका छौं’ रावतले भने, ‘कोहलपुरको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्ध प्रदेश ५ संग भन्दा कर्णालीको सुर्खेतसंग धेरै नजिक र मिल्ने हुँदा यतै मिसिने निर्णय गरेका हौं ।’ कर्णाली प्रदेशमा मिसिने लिखित निर्णयको प्रति माग्दा नगरप्रमुख रावतले निर्णयलाई अन्तिम रुप दिने र प्रमाणीकरण गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।

कोहलपुर नगरपालिका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको निर्वाचन क्षेत्र हो । कोहलपुरलाई कर्णालीमा मिसाउने निर्णयबारे मन्त्री पौडेललाई समेत जानकारी गराइएको नगरप्रमुख रावतले बताए । यसअघि बाँकेकै नेपालगन्ज उपमहानगरपालिकाले पनि प्रदेशको राजधानी नेपालगञ्ज बनाउन पहल गर्ने र सम्भव नभए कर्णाली प्रदेशमा गाभिने लिखित निर्णय गरेको थियो ।

साढे दुई वर्ष पूरा भइसक्दा समेत प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको टुंगो लाग्न सकेको छैन । राजधानी र नाम सिफारिस समितिले प्रदेशसभामा प्रतिवेदन बुझाइसके पनि प्रदेश सभामा उक्त प्रतिवेदनमाथि छलफल भएको छैन ।