Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

वुद्धले आयुष्मालाई भने जवानीको वेला यस्तै हो ।

Sunday, July 12, 2020 National Power


काठमाण्डौ -च्छोरोल्पा मिडियाको प्रस्तुती रहेको लोक दोहारी गीत जवानीको वेलानै यस्तै हो वोलको गीतको छायांकन सम्पन्न भएको छ । पछिल्लो समय गीत लेखनमा सक्रिय गीतकार प्रबिन थपलियाको शव्द रहेको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् भने चर्चित लोकदोहारी गायक राजु परियार र सीता केसि ले गीतलाई स्वर प्रदान गरेका छन् ।


केशव अधिकारीको छायांकन रहेको उक्त गीतलाई निर्देशक माईकलले निर्देशन गरेका छन् भने बुद्ध श्रेष्ठ र आयुष्मा कार्कीको जोडदार अभिनय रहेको छ । असार २७ राजधानीमा छायांकन भएको उक्त गीतको मुर्हत पनि निक्कै भव्य किसिमले सम्पन्न भएको थियो मुर्हत समारोहमा संगीतकार एवं गायक नवराज मैनाली ,च्छोरोल्पा मिडिया ब्यवस्थापक संचारकर्मी रज्जु गुरुङ, च्छोरोल्पा टिभीका प्रबन्ध निर्देशक जानकी बज्राचार्य, च्छोरोल्पा टिभीका उपाध्यक्ष विक्रम आचार्य, चलचित्र निर्देशक एवं च्छोरोल्पा मिडिया सल्लाहकार मधाब राज खरेल लगाएतको उपस्थिति रहेको थियो ।


जवानीको वेलानै यस्तै हो वोलको गीतका मोडल वुद्ध श्रेष्ठ म्यूजिक भिडियो राम्रो वन्ने र दर्शकहरुले मन पराउनेमा विश्वस्त देखिएका छन् । भिडियोलाई च्छोरोल्पा टिभीको यूटुद्यव च्यानलवाट सार्वजानिक गरिने निर्माण पक्षले वताएको छ । यस अघिपनि च्छोरोल्पा टि भि ले सार्वजानिक गरेको देशभक्तिभावको गीत नालापानी दुख्यो वोलको गीतलाई दर्शकहरुले राम्रो साथ दिएका थिए ।