Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सन्तोष श्रेष्ठ विश्व कीर्तिमानी सङ्गीतकार

Saturday, July 11, 2020 National Power


काठमाडौ – नेपाली सङ्गीतकर्मीले पनि विश्वव्यापी काम गर्न सक्छन् भन्ने तथ्यलाई सङ्गीतकार सन्तोष श्रेष्ठले प्रमाणित गरिदिएका छन् ।

विश्व सङ्गीतको इतिहासमा पहिलोपटक बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेबापत विश्वकै प्रतिष्ठित संस्था गिनिज वल्ड रेकर्डले सङ्गीतकार सन्तोष श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारको प्रमाणपत्र प्रदान गरेको छ ।

डा. डी.आर. उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरिन, फ्रेन्च, स्पेन, इटालियन,जर्मन,थाइ गरि चौध भाषामा गीत रेकर्डिङ गरिएको थियोे ।

यस्ता साङ्गीतिक सिर्जनशीलताले नेपाली सङ्गीतलाई विश्व सङ्गीतमा परिचित र स्थापित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सङ्गीतकार सन्तोष श्रेष्ठले जानकारी गराए ।