Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सरकारले आईजीपीमा शैलेश थापा क्षत्री नियुक्त गर्‍यो

Wednesday, July 8, 2020 National Power

काठमाडौ – नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा क्षत्री नियुक्त भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

बरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको हो । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मानवस्रोत एवम् प्रशासन विभागका प्रमुखका रुपमा कार्यरत थापा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलतालगायतका आधारमा आईजीपीमा नियुक्त भएका हुन् ।

थापासँगै एआईजी हरि पाल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे थापाले २२ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

निवर्तमान आईजीपी ठाकुर ज्ञवालीले असार २४ गतेबाट ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउँदैछन भने ज्ञवाली सहित एआईजी तारिणी प्रसाद लम्साल र डीआईजी सुर्य उपाध्यायले पनि सेवाहदका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।