Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भुवन चैत्य बसुन्धरा फाउण्डेशनले भैरव बहादुर थापा,मह जोडी र शकुन्तला शर्मालाई पुरस्कृत गर्ने घोषणा

Monday, July 6, 2020 National Power

काठमाडौ – भुवन चैत्य बसुन्धरा फाउण्डेशनले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समय देखि कार्यरत विशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई हरिश भुवनचन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समय देखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहेएका विशिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) लाई र चेतनारायण बसुन्धरा भूसाल पुरस्कार ५ दशक भन्दा बढी समय देखि रंगमञ्च तथा चलचित्रमा कार्यरत विशिष्ट अभिनेत्री सकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीको रहेको छ। फाउण्डेशनकी अध्यक्ष वरिष्ठ कलाकार बसुन्धरा भुसालकाे अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे।

अघिल्लो वर्षको तीनवटै पुरस्कार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन्न हजार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।