Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

मन्त्री अर्याल भन्छिन ” संसद रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन

Sunday, July 5, 2020 National Power

काठमाडौ -भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले संसद रत्यौली खेल्ने ठाउँ नभएको टिप्पणी गरेकी छिन्।

संसद अधिवेशन कहिले बोलाउने वा कहिले बन्द गर्ने र के बिजनेश दिने सरकारको कुरा भएको उल्लेख गर्दै मन्त्री अर्यालले संसद अधिवेशन अन्त्य र सत्तारूढ नेकपाको जारी स्थायी समिति बैठकलाई जोडेर हेर्न नहुने बताएकी हुन्।

उनले स्थायी समितिका एजेन्डा र संसद कारवाहीमा मेल नखाने पनि बताइन्। कोरोना महामारीकै बीच भए पनि बजेट ल्याउन संसद अधिवेशन बोलाइएको थियो भन्दै उनले अहिले छलफलका कुनै एजेन्डा वा बिजनेश नभएको अधिवेशन अन्त्य गरिएको दाबी गरेकी हुन्।

बजेट ल्याउनु थियो। महामारीबीच पनि अधिवेशन बोलाउनुपर्‍यो, बोलायौं,’ मन्त्री अर्यालले भनिन्, ‘बजेट पास भयो। केही विधेयकहरू छलफल गर्नुपर्ने थिए सहमति जुटेन। बिजनेश थिएन। संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन। त्यसैले रत्यौली खेल्न संसद चाहिएन।’

उनले बिजनेश नभएकैले सरकारले संसद अधिवेशन रोकेको दाबी गरेकी हुन्। ‘बिजनेश थिएन सरकारले रोक्यो,’ उनले भनिन्, ‘पार्टीको स्थायी समिति र अधिवेशन अन्त्यमा मेल खाँदैन।’ शनिबार आयोजित ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसमा उनले पछिल्ला घटनाक्रमले विकास निर्माणका काममा अवरोध पुर्‍याएको बताइन्।

पार्टीभित्र भनाभन भए पनि संवादबाटै समस्याका समाधान खोजिने उनको भनाइ छ। असार १८ गते मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि त्यही दिनदेखि संसद अधिवेशन अन्त्य भएको थियो। नेकपाभित्र विवाद देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन अकस्मात संसद अधिवेशन अन्त्यको निर्णय मन्त्रिपरिषदबाट गराएको भन्दै पार्टीभित्रै विवाद भएको थियो।

Source : setopati