Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

कोरोनाको कहर विच रक्तदान कार्यक्रमको आयोजना

Friday, July 3, 2020 National Power

काठमाण्डौ – लायन्स क्लव अफ काठमाण्डौ दर्पण, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७
, समुन्नत महिला मञ्च नेपाल र लायन्स क्लव अफ काठमाण्डौ ग्रीन हिल सिटीको संयुक्त आयोजनामा असार १७ गते बृहत रक्तदान कार्य क्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका स्थित शिवचोकमा रहेको डुकु कम्प्लेक्समा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उत्साह जनक सहभागिता रहेको समुन्नत महिला मञ्चकी अध्यक्ष समेत रहेकी कार्यक्रम संयोजक सोमा खत्रीले जानकारी दिईन ।

कार्यक्रक संयोजक सोमा खत्री, लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए १ का विनोद कुमार श्रेष्ठ, लायन्स क्लब अफ काठमाण्डौ दर्पणका प्रेसिडेन्ट हरिकृष्ण पुडासैनी, लायन्स क्लव अफ काठमाण्डौ  ग्रीन हिल सिटीका प्रेसिडेन्ट रेखा पौडेल, गोकर्णेश्वर नगरपालिका वडा नं. ७ का प्रमुख केशव गुरुङ, लायन्स ३२५ ए १ का डिष्ट्रिक गर्भनर टंक बहादुर श्रेष्ठ का साथै समुन्नत महिला मञ्च नेपाल लगायतका संघ संस्थाका विभिन्न व्यक्तित्वहरुको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कोरोनाको माहामारी फैलिरहेको बेला पनि सामाजिक दुरीकायम गर्दै गरिएको रक्तदान कार्यक्रममा ८० जनाले स्वस्फुर्त रक्तदान गरेका छन् ।

संकलन गरिएको रगत ग्राण्डी अस्पताललाई हस्तान्तरण गरिएको लायन्स क्लवका अध्यक्ष हरिकृष्ण पुडासैनीले बताए ।