Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रचण्ड राजिनामा माग्ने, ओली दिन्न भन्ने ! यो जुहारी कहिले सम्म ?

Friday, July 3, 2020 National Power

काठमाडौ- यतिबेला नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा कुनै हालतमा राजीनामा नदिने अडानका साथ बसेका छन् भने नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक राजीनामा माग्दै आएका छन् । हिजोको भेटमा पनि प्रचण्डले ओलीको राजीनामा मागेका थिए । यो जुवारी पछिल्लो केही दिन देखि तिब्र भएको देखिन्छ ।

प्रचण्डलेओलीसँगको भेटमा राजिनामा दिन सुझाए पनी ओलीले प्रचण्डको सुझावलाई अस्वीकार गरेका छन । बरु मन्त्रिमण्डल पुर्नगठन देखि अन्य समायोजन गरी जान सकिने प्रस्ताव राखे । ओलीले पार्टी बिघटनमा जान सक्ने तर प्रधानमन्त्रीबाट राजीनामा नदिने सन्देश यश अघिनै दिइसकेका छन् ।

प्रचण्डले यसअघि दुईवटा विवादास्पद अध्यादेश ल्याउँदा पनि राजीनामा मागेका थिए । तर, त्यतिबेला विरोधी समुहबीच बलियो एकता हुन नसक्दा ओलीको सत्ता टिक्यो ।

पछिल्लोपटक ९ असारमा प्रचण्डले ओलीको राजीनामा मागेका थिए । महासचिव विष्णु पौडेलको पहलमा बामदेव गौतमसहित बालुवाटारमा भएको छलफलमा ओलीलाई सरकारबाट ब्याक हुन प्रचण्डले भनेका थिए । त्यसको केही दिनमै बालुवाटारमै मदन भण्डारी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफूलाई केही नेताहरु र भारतको राज्य संयन्त्र सत्ताबाट हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए ।

नेकपा स्थायी कमिटि बैठकमा १० असारमा नेताहरुबीच कटाक्ष समेत भएको थियो । त्यसपछि स्थायी कमिटीमा ओलीविरोधी समुहले धमाधम राजीनामा माग्न थाले । प्रचण्डले फेरि राजीनामा मागे । तर, ओली राजीनामा दिन तयार देखिएका छैनन् ।

आज अन्तिम प्रयास गरी ओलीलाई मनाउने प्रयास भएको छ । तर, त्यसको सम्भावना क्षीण भइसकेको छ । सम्भवत आज र भोलिसम्म नेकपा विवाद वारपार हुने देखिदैछ ।

– (तस्वीर : स्पोट लाईट नेपाल )