Monday 20th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

पलाञ्चाेक भगवती मन्दिरकाे गुठियारलाई बाध्य वाधन समाग्रि हस्तान्तरण

Friday, June 26, 2020 National Power

बनेपा – काभ्रेपलान्चोक अन्तर्राष्ट्रिय स्तरमा सु-प्रशिद्व रहेकाे धार्मिक शक्तिपिठ पलाञ्चाेक भगवती मन्दिरकाे गुठियारलाई बाध्य वाधन समाग्रि आज हस्तातरण गरिएकाे छ ।

पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवार, वडा नम्बर ९ का अध्यक्ष किरण श्रेष्ठले संयुक्तरुपमा उक्त सामग्री बितरण गरेका हुन् ।

बाध्य बादन पलाञ्चोक भगवति मन्दिर सँग सम्बन्धित विभिन्न मेला पर्व दैनिकी निर्त्यपुजा, आरति, पुजा, चन्डि पुर्णिमा मेला, बडा दशै रथयात्रा, लाखे गाईजात्रा पर्व लगाएत अन्य विशेष पुजा पर्वहरुमा प्रयोग हुने बाद्यबादनका सामग्री ढिमे, ढमाहा, टेम्को, मवालि, कर्नाल र बेन्डबाजाको १ सेट गरि नेवार समुदायका गुठियार र दर्जि समुदायका गुठियार लाई हस्तान्तरण गरिएकाे हाे ।

आ.ब.२०७६/०७७ को पलाञ्चोक क्षेत्रका जात्रा तथा पर्व ब्यवस्थापन शिर्षकमा बिनियोजित रकम रु दुई लाखबाट बराबरकाे सामाग्रि खरिद गरिएको हाे ।