Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

निजी विद्यालयले अभिभावकलाई ठूलो मार पर्नेगरी जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ

Friday, June 26, 2020 National Power

लेखक: डा.डिआर उपाध्याय

कोरोना संक्रमणको बढ्दो महामारीका कारण धेरै क्षेत्रमा प्रभाव पारेको छ । सवै भन्दा महत्वपूर्ण कुरा के हो भने भविश्यका कर्णधार विद्यार्थीहरुको भविश्य अन्योलमा छ । शैक्षिक सत्र सुरु भइसक्दासमेत अधिकांश विद्यालयको पठनपाठन सुरु हुन सकेको अवस्था छैन । निजी विद्यालयहरूले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन । तर अनलाइनमार्फत पढाई भएता पनि खासै प्रभावकारी हुन सकेको देखिदैन । यो भनेको निजी विद्यालयहरूको शुल्क उठाउने खेलो मात्र हो । यतिखेर विद्यार्थी र अभिभावकहरू निकै चिन्तित अवस्थामा छन् । सरकारले पनि शैक्षिक क्षेत्रलाई कसरी सञ्चालन गर्ने भन्ने बिषयमा स्पष्ट कार्ययोजना बनाउन सकेको छैन ।

केही निजी विद्यालयहरुले लकडाउन अवधिको समेत अभिभावकलाई शुल्क तिर्न ताकेता गरिरहेका छन । जुन कारणले गर्दा यति खेर अभिभावकहरू चिन्तित बन्न पुगेका छन् । पढाउँदै नपढाइ विभिन्न शीर्षकमा अभिभावकले चर्को फी तिर्नुपर्ने ? यो त्यति जायज कुरा होइन । विद्यालयबाट बिल आउँदा पीडा थपिएको अभिभावकले अनुभूति गरिरहेका छन् ।

लकडाउनको कारण सबै विद्यार्थी आफ्नै घरमा बस्न बाध्य भइरहेका छन् । उनीहरूको पठनपाठनसमेत पूर्ण रूपमा अवरुद्ध छ । तर पनि केही विद्यालयले अभिभावकलाई चर्को शुल्कसहितको बिल पठाउने कार्य गर्नुलाई ठगीकै रूपमा लिनुपर्छ । निजी विद्यालयले चैत, वैशाख र जेठ महिनाको कुनै पनि विषयमा शुल्क लिनु हुदैन । सो अवधि भनेको पूर्ण रूपमा लकडाउनको अवधि हो । लकडाउनको अवधिमा पूर्ण रूपमा विद्यालय बन्द छन । त्यसैले, विद्यालय सञ्चालन नहुँदासम्म विद्यालयले शुल्क लिनु उचित हुदैन । यो प्रवृत्ति शतप्रतिशत गलत छ । लकडाउनका कारण कैयौं अभिभावकको पेसासमेत संकटमा परेको अवस्था छ । जसले गर्दा आर्थिक अवस्थासमेत कमजोर हँुदै गइरहेको छ । यस्तो अवस्थामा निजी विद्यालयले अभिभावकलाई ठूलो मार पर्नेगरी जथाभावी शुल्क लिने कार्य बन्द गर्नुपर्छ ।

अहिले कतिपय जिल्लामा रहेका सरकारी विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । ती विद्यालय तत्काल पठनपाठनका लागि सुरु गरिहाल्ने अवस्थामा छैनन् ।सरकारले पनि तत्काल विद्यालय खोल्न पाउने व्यवस्था गरिसकेको छैन ।