Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

चीनले नेपाली भुमि अतिक्रमण गरेको खबर निराधार : परराष्ट्र मन्त्रालय

Thursday, June 25, 2020 National Power

काठमाडौ – परराष्ट्र मन्त्रालयले चीनले नेपाली भुमि अतिक्रमण गरेको खबरलाई निराधार भनेको छ । उसले आज विज्ञप्ति जारी गर्दै अतिक्रमण भएको भन्ने रिपोर्टलाई सम्बन्धित मन्त्रालयले नै अस्तित्वमा नरहेको खण्डन गरेको उल्लेख गरेको छ ।

मन्त्रालयले खबरहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कृषि मन्त्रालयले नेपाल चीन सिमामा नेपाली भुमि अतिक्रमणको रिपोर्टको खण्डन गरिसकेको र यो विषय उक्त मन्त्रालयको अधिकार क्षेत्रभित्र नपर्ने स्पष्ट पारिसकेको भनेको छ ।

५ अक्टोबर १९६१ को सिमा सन्धीमा आधारित रहेर नेपाल र चीनको सिमाना नक्शांकन र सिमांकन भएको भन्दै खबरहरुमा उल्लेख भएको पिलर नम्बर ३७ र ३८ हराएको भन्नै मिडिया रिपोर्ट निराधार भनेको छ । उक्त सिमा स्तम्भ नगाडिएको र प्राकृतिक अवस्थितिलाई मानिएको भनेको छ ।

परराष्ट्रले भनेको छ, ‘यदि कुनै विषय उठेमा दुई देशबीच सम्बन्धित अधिकारीहरुले आपसी छलफलबाट समाधान खोजिनेछ ।’ उसले मिडियालाई दुई देशको सम्बन्धको संवेदनशीलतालाई बुझेर यस्ता सुचनाको सम्बन्धित अधिकारिबाट पुष्टि गर्न समेत भनेको छ ।

चीनले नेपालको उत्तरी सिमामा कैयौं हेक्टर भुभाग अतिक्रमण गरेको खबर आइरहँदा परराष्ट्र मन्त्रालयको उक्त भनाई सार्वजनिक भएको हो । तर, परराष्ट्रले सगरमाथाको चुचुरोलाई चीनले आफ्नो समेत दाबी गरेर सार्वजनिक गरिरहेको विषयमा भने केही बोलेको छैन ।