Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

‘ढुङ्गा मुढा’ बजारमा

Thursday, June 25, 2020 National Power

काभ्रे – गायक  प्रताप दासको सुमधुर आवाजमा सजिएको ‘ढुङ्गा मुढा’ बोलको गीत सार्वजनिक भएको छ ।
बहुप्रतिभाशाली कलाकार निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा तयार ‘ढुङ्गा मुढा’ मा चर्चित मोडल दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई, अंकित मल्लको आकर्षक अभिनयले भिडियो उत्कृष्ट बनेको छ ।
हालै मात्र रिलिज भएको उक्त गीतको शब्द रचना बिमला हुमागाईले गरेकी छिन् भने मिठासपूर्ण गीतलाई अझै उत्कृष्ट बनाउन संगीत भर्ने तथा एरेन्ज गर्ने काम भने मनोज सेङसन राईले गरेका छन् । कविता तोलाङीको शृङ्गार, मुकेश हुमागाईको छायाँकन रहेको भिडियोको सम्पादन तथा कलरिङ प्रकाश एस के ले गरेका छन् ।
निकै नै मर्मस्पर्शी रहेको ‘ढुङ्गा मुढा’ निकै नै उत्कृष्ट बनेको निर्देशक आदित्य बुढाथोकी बताउँछन् । नेपाली म्युजिक भिडियो मध्ये निकै पृथक बनाउने प्रयास गरेको बुढाथोकी बताउँछन् ।