Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

निषेध र प्रतिशोधको भावनाले कसैको हित गर्दैन : पूर्वराजा

देशभक्ति, स्वाधीनता एवम् स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ?: पुर्वराजा ज्ञानेन्द्र
Wednesday, June 24, 2020 National Power

काठमाडौ – पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र प्रतिशोधको भावनाले कसैको हित नगर्ने चेतावनी दिएका छन् । आफ्नो जन्मोत्सवको अवसरमा बुधबार एक शन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रियता नै मुलमन्त्र र एकता शक्ति भएको भन्दै अहिले एक अर्कामा आरोप प्रत्यारोप र निषेधको संस्कृति मौलाएको र यसले कसैको पनि हित नगर्ने चेतावनी दिएका हुन् ।

उनले नेपालको गौरवमय इतिहासलाई स्वीकार गरेर जानुपर्ने आवश्यक्तामा जोड दिदै नेपाल राष्टको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्वोत्तममुखी विकासको चिन्तन कहिले कसले र कोबाट भयो भन्दै त्यो आम हेक्काको विषय भैसकेको बताएका छन् । उनले त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने र राष्ट्रियता नै मुल मन्त्र र एकता नै शक्ति बनाउनुपर्ने सुझाव पनि दिएका छन् ।

उनले देशभक्ति, स्वाधीनता एवम् स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । उनले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाको विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ भन्दै रोगको महामारी, राष्ट्रियताको संकट, सिमा समस्या, राष्ट्रिय हित बिरुद्धका सन्धि सम्झौता तथा हत्या हिंसा र आत्महत्याजस्ता जल्दाबल्दा दुःखद विषय सन्दर्भमा पनि किन सधैँभरी विवाद आइरहन्छ भनेर प्रश्न गरेका छन् ।

‘त्यसैले अहिले देशमा पनपनाउँदै गएको जातीयता, वर्गियता र क्षेत्रीयताका संक्रिण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन’ शाहले भनेका छन् । पूर्वराजा शाहले कोरोना महामारीबाट जीवन गुमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाका साथै संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्न परेको गाँस, बास र कपास लगायतका विविध समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

source : #ratopati#