Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपालसँग तत्काल वार्ता गर्नुको अर्थ नरहेको मोदीको निष्कर्ष

Wednesday, June 17, 2020 National Power

काठमाण्डाै – भारतले वर्षाैंदेखि कब्जा गरेको नेपाली भूमि नक्सामा समेटिएपछि नेपालले वार्ताबाटै समस्या समाधान खोजिरहेको बेला भारतले भने बेवास्ता गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको वार्ता तत्कालकाे लागि अस्वीकार गरेको खबर भारतीय समाचार माध्यम आजतकको अनलाइन संस्करणमा छापिएको छ ।

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सालाई संविधान संशोधन गरेर निशान छाप परिमार्जन गरेपछि भारतले तत्काल नेपालसँग वार्ता गर्न अस्वीकार गरेको हो । चार दिनअघि भारतीय प्रधानमन्त्री निवासमा भएको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठकमा मोदीले अहिलेको अवस्थामा सीमाका विषयमा नेपालसँग वार्ता गर्नुको अर्थ नभएको बताएका खबरमा उल्लेख छ ।

आजतकका अनुसार कोरोना महामारी नसकिँदासम्म मोदीले कुनै प्रकारको वार्ता गर्न चाहेका छैनन् । कोरोना महामारी सकिसकेपछि पनि त्यतिबेलाको अवस्थालाई विश्लेषण गर्दै वार्ता गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने मोदीको निष्कर्ष छ । ‘भारतले कुटनीतिकस्तरमै नेपालसँगको सबै प्रकारका द्विपक्षीय मुद्दा सुल्झाउन चाहेको अवस्थामा पनि नेपालले भारतको अधिनमा रहेको भूभागलाई नयाँ नक्सामार्फत आफ्नो देशमा गाभेकाले आवश्यक परेको खण्डमा अब सैन्य कुटनीतिको भाषामा व्यवहार गर्ने सन्देश प्रष्ट रुपमा दिएको छ,’ मोदीको भनाइ उद्धृत गर्दै आजतक ले लेखेको छ ।

यस्तै मोदीले नेपालको मागअनुसार ईपीजी प्रतिवेदन पनि नबुझ्ने बताएको आजतकले जनाएको छ । दुवै देशका विज्ञले तयार पारेको प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि मोदीले प्रतिवेदन बुझ्न अस्वीकार गर्दै आएका छन् ।