Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनिया सेनामाथि आक्रमण गरेको दाबी

Tuesday, June 16, 2020 National Power

काठमाडौ – भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर चीनको औपचारिक प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनिया सेनामाथि आक्रमण गरेको बताएका छन् ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यू भएको चिनिया विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन ।

भारतीय सैनिकहरुले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनिया सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो,’ ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उधृत गर्दै ट्वीटरमा लेखेको छ ।

समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकहरुलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’

विदेशमन्त्रालयले दुवै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको पनि स्मरण गराएका छन् ।