Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

चिनियाँ सैनिकसँगको झडपमा भारतका कर्णेल र दुई सैनिकको मृत्यु

Tuesday, June 16, 2020 National Power

काठमाडौ -पछिल्लो समय भारत र चीनको सीमा विवाद बढ्दो छ । सोमबार राती लद्दाखको गालवान भ्यालीमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । यसमा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको बताइएको छ । भारत–चीन सीमामा ५३ वर्षपछि अर्थात् सन् १९६७ पछि यस्तो स्थिती निम्तिएको स्रोतले बताएको छ ।

दुई देशबीच हिंस्रक झडप डी–एक्सकेलेशनको क्रममा भएको स्रोतले बताएको छ । डी–एक्सकेलेशनको आधारमा दुई देशका सेना तनाव कम गर्ने कोसिसमा छन् ।

सन् १९६७ मा पनि यस्तै झडप भएको थियो ।
११ सेप्टेम्बर सन् १९६७ मा सिक्किमको नाथू–लामा भारत र चीनबीच हिंस्रक झडप भएको थियो । त्यसपछि १५ सेप्टेम्बर १९६७ मा पनि झडप भएको थियो । विवाद सन् १९६७ अक्टोबरमा रोकिएको थियो । चीनले त्यतिबेला नाथू ला मा झडपको क्रममा आफ्ना ३२ सैनिक मारिएको दाबी गरेको थियो । यस्तै, भारतका ६५ सैनिक पनि मारिएका थिए । यस्तै। चो ला झडपमा भारतका ३६ जवानको मृत्यु भएको थियो ।