Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाली काग्रेस इमाडोल, ललितपुरले आफ्ना कार्यकर्ता रमेश केसीको शोकसभा सम्पन्न

Saturday, June 13, 2020 National Power

काठमाडौ – नेपाली कांग्रेस महालक्ष्मी ४ ललितपुर वडा कमिटी परिवारले जेठ ३१ गते इमाडोलमा शोक सभा सम्पन्न गरेको छ |

नेपाली काग्रेसका शुभेच्छुक तथा नेपाल वार एसोसियसनका पूर्व सदस्य सुमन केसी का पिता स्वर्गिय रमेश केसी को यही जेठ २८ गते भएको निधन प्रती समबेदना प्रकट गर्नका लागि गरिएको भेलामा ५ दर्जन बढी कांग्रेस स्थानीय नेता तथा कर्याकर्ताहरुको उपस्थिती रहेको थियो |

शोक सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदन अमात्यले स्वर्गिय रमेश केसी इमान्दारिताको उदाहरण ब्यक्ती भएकाले एउटा असल कांग्रेस कार्यकर्ता गुमाएको ब्यक्त गर्दै अबको कांग्रेस प्रतिस्प्रधाको राजनीतिमा जनताको मनोभावलाई शिरोपर गरेर बौद्दिकता र निष्ठाको साथ अघी बढ्नका लागि तयार रहेको बताउनु भयो ।

तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले यो संकटको घडीमा सबैलाई सहनशक्ती प्राप्त होस् भन्दै अबको तरुण कांग्रेस गरुड जस्तो बेगमा हुइकिने र सरकारको गलत अभिस्टलाई पुरा हुन कुनै हालतमा नदिने कुरामा जोड दिनुभयो
नेपाली कांग्रेस महासमिती सदस्य पवन बिक्रम थापा, पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा,क्षेत्र न २ सभापति महेश खड्का
प्रदेश सभापति यज्ञ नेम्कुल, ललितपुर जिल्लाका पूर्व सचिब तथा महाधिबेशन प्रतिनिधि प्रकाश नन्दन, तरुणदल महालक्ष्मी नगरपालिका अध्यक्ष जय केसी ने.बि. संघ ललितपुरका उपाध्यक्ष्य शुशिल, युवानेता मंगल कुमार पिंगल घिमिरे, ट्रेड युनियन महसंघका केन्द्रिय सदस्य शंकर सिंह, क्षेत्र न २ का कोषाध्यक्ष रन्जना थापा मगर लगायतका ब्यक्तिहरुले सभामा आ -आफ्नो धारणा शोक मन्तब्य ब्यक्त गरेका थिय ।

वडा कमिटिका सभापति प्रकाश पराजुलीले श्रदान्जली पत्र हस्तांतरण गर्दै पिता रमेश केसी कुमालको ग्यापलाई उहाका सुपुत्रहरु सुमन केसी, सुबास केसी र सुदन केसीले पुर्ने अपेक्षा सहित शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना प्रकट गर्नुभएको थियो ।

– अर्जुन राज