Saturday 19th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

कोरोनाबाट मृत्यु भएकाको शव गाड्न लाग्दा पोखरामा झडप, प्रहरीको लाठीचार्ज (भिडियो)

Monday, June 8, 2020 National Power

पोखरा  – कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएपछि उक्त शव व्यवस्थापन गर्ने क्रममा स्थानीयवासिन्दाहरुले अबरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । पोखरा महानगरपालिकाको ११ वडामा रहेको रिठ्ठा घाटमा महानगरले कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न खोजेपछि स्थानीयहरुले बिरोध जनाएका थिए ।

पानीको मुहान नजिकै भएको, ठाउँ साघुरो भएको र आफ्नो गाउठाउँका मानिसहरुको मृत्यु हुँदा दाहसंस्कार गर्ने ठाउँ भएकाले यहाँ शवलाई गाड्न नहुने भन्दै स्थानीयले अबरोध गरेका थिए ।

अबरोधका क्रममा प्रहरीले केही स्थानीय हरुलाई समेत नियन्त्रणमा लिएको छ । स्याङ्जा घर भई पोखराको कोरोना अस्पतालमा उपचार गराईरहेका ६० बर्षिय पुरुषको मृत्यु भएपछि महानगरले शवको व्यवस्थानका लागि मणिपाल अस्पताल मुनीको रिठ्ठा घाटमा गाड्ने सोच बनाएको थियो । यद्यपी स्थानीयको अबरोधलाई पन्छाउँदै नेपाल आर्मीको एक टिमले शवलाई उक्त रिठ्ठा घाटमै व्यवस्थापन गरेको छ ।