अमेरिका – कोरोना भाईरसले बालिकाहरू लाई पर्ने नकारात्मक असर का बिषयलाई मध्यनजर गरी निर्माण गरेका र बाल मनोविज्ञानमा आधारित टेलीचलचित्र “कथा थरी थरी” Hamro AafnaiTv YouTube Chanel मार्फत दर्शक माझ प्रस्तुत गरियको छ। video लाई नजर अन्दाज गरी प्रतिक्रिया जनाई दिनुहुन पनि यश टेलिफिल्मका निर्देशक रुपेश उप्रेतीले दर्शकहरुलाई अनुरोध गरेका छन ।
ओर्रेन्टल आर्ट एकेडेमी अमेरिकाको प्रस्तुतीमा निर्माण भएको सामाजिक टेली चलचित्र ‘कथा थरी थरी थरी आज सार्वजनिक गरेका हो ।
सो टेलिफिल्ममा भुमीका अधिकारी, निश्चल अधिकारी बिन्दु एल एन र आरभ उप्रेती लगाएतले अभिनय गरेका छन् ।
अमेरिकामा संघर्षरत कलाकार रुपेश उप्रेतीको लेखन /छायांकन र निर्देशन रहेको टेलिफिल्मको शिर्ष गीतलाई शशी बिक्रम थापाले संगीत गरेका छन् भने गीतको शब्द निर्देशक उप्रेतीकै रहेको छ। टेलिफिल्मको निर्माण हेमा शर्माले गरेकी हुन भने तुलराम अधिकारीले यसको ब्यबस्थापन गरेका हुन् ।
नेपाली चलचित्र ‘चाल’ को निर्देशन गरेका उप्रेतीले दर्जनौ गीतको म्युजिक भिडियो र त्यति नै संख्यामा बनेका टेलिचलचित्रहरुमा अभिनय गरेका छन् । उनले विदेशी भुमिमा बसेर बनाइएको भए पनि ‘कथा थरी थरी राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।