Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भारतिय नेता सुब्रमन्यम स्वामीद्वारा नेपालकाे सार्वभौमिकतामाथि विवादास्पद ट्वीट

Friday, June 5, 2020 National Power

काठमाडौ -भाजपा नेता सुब्रमन्यम स्वामीद्वारा नेपालकाे सम्वन्धमा विवादास्पद ट्वीटभारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद तथा पूर्ब संघीय मन्त्री सुब्रमन्यम स्वामीले नेपालकाे सार्वभौमिकतामाथि प्रहार गर्ने गरी एक विवादास्पद ट्वीट गरेका छन्। उनले नेपालका राणा शासकहरुले नेपाललाई भारतमा गाभ्ने प्रस्ताव तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुसमक्ष राखेकाे भनेर इतिहासलाइ दिगभ्रमित पार्ने काम गरेका छन् ।

स्वामीले ट्वीटमा भनेका छन्, ‘आज नेहरूको अर्को बेवकूफि ऐतिहासिक अभिलेखबाट देखा पर्‍योः जब राणाले नेपाल शासन गर्थ्यो र नेपालको राजघराना भारतमा थियो, तब राणा शासकहरूले पनि भारतमा रहेका अन्य राजाहरूलाई जस्तै भारतमा विलय गर्ने प्रस्ताव राखे। नेहरूले अस्वीकार गरे एउटा परिवारमा जेनेटिक दोष चल्छ त्यसैले परिवार नियम हटाउनुहोस्’ ।

यस ट्वीटको खण्डन गर्दै नेपालका पूर्व अर्थमन्त्री रामशरण महतले लेखेका छन्, ‘यस दोषपूर्ण बयानका लागि बौद्धिक नेता एस. स्वामीको निन्दा गर्दछु । भारतीय राज्यहरूको विपरीत, नेपाल आफ्नो इतिहासभरि एक स्वतन्त्र राष्ट्र रहेको छ। बेलायतीहरुबाट स्वतन्त्र भए पछि अन्य राज्यहरु जस्तै राणा शासनले पनि भारतमा विलय गर्न प्रस्ताव गरेको कुनै प्रमाण छैन’।

इतिहास अनुसार भारतका तत्कालीन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले सन १९५१ मा नेपाल, भुटान लगायतका देशलाई भारतमा गाभ्ने एक रणनीतिक प्रस्ताव संसदमा अघिसारे। भारतीय संसदले सो प्रस्तावलाई तत्कालै अनुमोदन समेत गर्यो। सोही अनुसार हैदरावाद र अहिलेका पुर्वोत्तर राज्यहरुलाई भारतमा गाभ्ने काम भयो । त्यसको केही वर्षपछि सिक्किमलाई पनि भारतमा गाभियो ।
नेपाललाई भारतमा गाभ्ने रणनीति अनुसार राजा त्रिभुवन समक्ष भारतले लविङ्ग नगरेकाे हाेइन । नेहरुले त्रिभुवनलाई भारतको राष्ट्रप्रमुख बनाउने प्रस्ताव समेत राखेका थिए । तर त्रिभुवनले सोही प्रस्तावलाई अस्विकार गरिदिए। यस सन्दर्भमा एस. स्वामीकाे ट्वीट पुरै इतिहासलाई बंग्याउने किसिमले आएकाे छ ।

#मेरोलागानी Photo Source : Deccan herald # repoters Nepal#