Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चलचित्र बिकास बोर्डमा दयाराम दाहाल अध्यक्षमा नियुक्त

Thursday, June 4, 2020 National Power

काठमाडौ – चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त रहेको अध्यक्ष पदमा धेरैको चर्चा आयो । तर अन्नतः चलचित्र निर्देशक, गीतकार तथा निर्माता दयाराम दाहाल नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

लामो समयदेखि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।

बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र निर्देशक दयाराम दाहालको नाम सिफारिश भएको थियो ।

मन्त्रिपरिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष दाहालले झन्डै ४० वटा चलचित्र निर्देशन गरेका छन् ।

नेशनल पावर न्युज डटकम परिवार नवनियुक्त अध्यक्ष दयाराम दाहालप्रति हार्दिक बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना गर्दछ ।