Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

चौरजहारी घटनाका मृतकहरुलाई श्रद्धाञ्जली स्वरुप “ज्यान लियो मायाले” बोलको गीत सार्वजनिक

Thursday, June 4, 2020 National Power

काठमाडौ – नेपालमा अझै पनि जातिय छुवाछुतले जरा गाडीनै रहेको छ । पछिल्लो घटनालाई हेर्ने हो भने यो छुवाछूतको विषयमा मात्रैमा सिमित रहेन जातकै कारणले देशमा यतीबेला समुहिक नृशंस हत्या समेत भएको छ।

रुकुम र जाजरकोटमा घटेको पछिल्लो घटनाले येती बेला देशनै बिक्षिप्त बनेको छ । सोच्दा पनि आम मानिसहरुको जिउ नै सिरिङग हुन्छ  र येस्तो कायरता पुर्ण घटनाको जति नै निन्दा गरे पनि कमनै हुन्छ ।

माया प्रेमका कारणले रुकुमको चौरजहारीमा प्रेमी नवराज बिक सहित उनको ६ जना साथीहरुको हत्या भयेपछी यो घटनाको चौतर्फी भत्सर्ना भैरहेको छ र मृतक बिक र उनका ६ जना साथीहरुलाई जनसमुदायबाट आ आफ्नै तरिकाले श्रद्धाञ्जली पनि अर्पण गरिरहेका छन।

मृतक बिक र उनक ६ जना साथीहरुलाई श्रद्धाञ्जली दिनको लागि चर्चित म्युजिक कम्पनी प्रियसी म्युजिकले एउटा भावपुर्ण गीतलाई सर्बजनिक गरेको छ ।

प्रेम कटुवाल र रोहित बिसीको शब्द संकलनमा
नेत्र भन्डारी, कृष्ण केसी र जमुना रानाको स्वर रहेको “ज्यान लियो मायाले” बोलको मार्मिक गीतलाई चौर जहारीक मृतक नवराज बिक र उनक ६ जना साथीहरुलाई श्रद्धाञ्जली दिंदै प्रियसी म्युजिकले आफ्नो युट्युब च्यानल मार्फत आद दर्शकहरुका लागि सर्बजनिक गरेको छ ।

सृजनसिल सम्पादक राजेश कुमारले छायांकन तथा सम्पादन गरेको उक्त गीतलाई कृष्ण केसीले संगीत गरेका छ्न ।