Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भारतले नेपालसँग संवेदनशील सम्बन्ध रहेको उल्लेख गर्दै विश्वासको वातावरण नभएसम्म वार्तामा नबस्ने संकेत

Saturday, May 30, 2020 National Power

काठमाडौ – लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा विवादमा नेपालले विदेश सचिवस्तरीय वार्ताको पहल गरिरहेका बेला भारतले नेपालसँग वार्तामा नबस्ने संकेत गरेको छ ।

भारतले वार्ताका लागि दुई देशबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताएको छ । नेपाल र भारतबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर विवाद चर्किएका बेला भारतले नेपालसँग वार्तामा यथास्थितिमा नबस्ने संकेत गरेको हो ।

भारतले जम्म’ काश्मिरलाई विशेष अधिकार दिने भारतीय संविधानको धारा ३७० हटाएपछि भारतले नेपाली भूमि समेत समेटेर नक्सा जारी गरेपछि नेपाल भारत सीमा विवाद चर्किएको हो ।

गत साता मात्रै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र समेटेर नयाँ नक्सा गत साता जारी गरेको थियो । गत वर्ष भारतले जारी गरेको नक्सामा यो क्षेत्रलाई भारतीय नक्सामा राखिएको थियो ।

भारतले यो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । नेपालले नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेर सोहीअनुसार सच्याउने तयारी गरिरहेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले नेपालले पछिल्लो समयमा जारी गरेको नक्साबारे जानकार रहेको भन्दै नेपालले यो मुद्दाको गम्भीरता हेरेर नै विचार गरिरहेको बताएका छन् ।

उनले भने, ‘भारत विश्वासका लागि माहाैलमा आपसी संवेदनशीलताको आधारमा आफ्ना सबै छिमेकीसँग वार्ताका लागि तयार छ । यो एक प्रक्रिया हो र यसका लागि सकारात्मक वातावरणको आवश्यकता पर्छ ।’

उनले नेपालसँग भारतको ऐतिहासिक र गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै भनेका छन्, ‘कोभिड–१९ को महामारीको चुनौतीपूर्ण समयमा पनि भारतले नेपाललाई अत्यावश्यक औषधि आपूर्ति गरिरहेको छ ।’

भारतले नेपालसँग संवेदनशील सम्बन्ध रहेको उल्लेख गर्दै विश्वासको वातावरण नभएसम्म वार्तामा नबस्ने संकेत गरेको छ । यसबाट भारत सीमा विवादमा तत्काल वार्तामा बस्नुभन्दा नेपाललाई गलाउने नीतिमा रहेको देखिएको छ ।

गत नोभेम्बरमा भारतले नेपाली भूमिसहित नक्सा जारी गरेपछि नेपालले विदेशसचिव स्तरीय वार्ताको कोसिस गरे पनि भारतले अहिलेसम्म वार्तामा बस्न विभिन्न बहाना बनाउँदै आएको छ ।