काठमाडौ – भारतले मिचेको नेपाली भुमीलाई
नेपालले जारी गरेको नयाँ नक्सामा समेटेको खुशियालीमा सरकारको कामलाई स्वागत गर्दै जेष्ठ १७ गते समुन्नत महिला मंच, नेपालले काठमाडौको जोरपाटीस्थित शिवचोकमा स्वागत कार्यक्रमको आयोजनामा गरेको थियो ।
समुन्नत महिला मंच, नेेपालको अध्यक्ष सोमा खत्रीको अध्यक्षतामा सम्मपन्न उक्त कार्यक्रममा सामाजिक दुरी कायम गर्दै २०-२५ जना मानिसहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा लुटिएको भुमि सहितको नेपालको नयाँ नक्सा जारी गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै संबिधान संशोधन मार्फत नेपालको नयाँ नक्सा र निशान छापलाई पारीत गर्न दवाब दिने उदेश्यले हस्ताक्षर संकलन समेत गरिएको थियो ।
उक्त स्वागत तथा हस्ताक्षर कार्यक्रममा समुन्न महिला मंच, नेपालका आजिवन सदस्य रन्जु गुरुङ, मेनुका कोईराला, दुर्गा खनाल, जानकी बज्राचार्य, वालिका सुवेदी, प्रतीक्षा वाग्ले, पुष्पा भट्टराई, शान्ता थापा लगायतको उपस्थिति रहेको थियो भने लायन्स क्लब अफ काठमाडौ दर्पणका राजन ठकुरी, हरीकृष्ण पुडासैनी, पासाङ शेर्पा, पत्रकार कमला जोशी र चलचित्र निर्देशक माधब राज खरेलको उपस्थिति रहेको थियो ।