Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सरिताको नयाँ गीत देशै रोयो कोरोनाले सार्बजनिक (भिडियो सहित)

Friday, May 29, 2020 National Power

काठमाडौ – सरिता भारतीको नयाँ गीत ‘देशै रोयो कोरोनाले …’ सार्वजनिक भएको छ । सागर प्रधानको शब्द/सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीले सहकार्य गरेका छन् । गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् भने गायिका सरिता ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन् ।

गायिका सरिता, गायक चेतनसँगै गीतमा महेशबिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ । सार्वजनक गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले मुख्य अभिनय गरेका छन् । यी गायक गायिकासँगै अन्य २० जना भन्दाबढी कलाकारलाई गीतको भिडियोमा समेटिएको छ ।

लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको गायिक सरिताले बताइन् । उनकाअनुसार गीतको भिडियो दुई दिनमा तयार गरेर सार्वजनिक गरिएको हो । बिक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन् ।

‘यतीबेला सारा विश्व कोरोना भाईरस (कोभिड-१९) को महमारीमा रहेको बेला गीतकार सागरले समसामयिक शब्द सङ्गीत तयार पारेपछि यो गीत बजारमा ल्याइएको हो । अहिले मुलुकमा कोरोना र त्यसले निम्त्याएका समस्यासँगै नेपालको सीमा भारतले मिचेको पीडालाई यो सन्देशमुलक रुपमा यो गीतमा समेटिएको छ’, गायिका सरिताले भनिन् ।

यसअघि आधुनिक, लोक, पप गीत बजारमा ल्याईसकेकी गायिका सरिता भारतीले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताईन् । मुलुकमा लकडाउन हटेपछि अब शम्भुजीत बासकोटाको सङ्गीत रहेका आफ्नो एकल गीत ‘ए राजा झट्टै बजाईदेउ बाजा…’ को भिडियो सार्वजनिक गर्ने उनले बताईन् ।