Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अन्तर्राष्ट्रिय साँस्कृतिक महासंघ नेपाल शाखाको अध्यक्षमा शीतल आचार्य ‘सीता’ मनोनित

Thursday, May 28, 2020 National Power

काठमाडौं – लामो समयदेखि साँस्कृतिक कला तथा संगीतमा लागेर नेपालमा मात्रा नभई विश्वका ५० भन्दा बढी देशहरूमा कला संस्कृतिको माध्यमबाट विश्वमाझ आफ्नो परिचय दिनु भएका संस्कृतिकर्मी, कलाकार, मोडेल तथा कुसल व्यवस्थापक शीतल आचार्य ‘सीता’ अन्तर्राष्ट्रिय साँस्कृतिक महासंघ आईओभी (International Organization of Folk Arts IOV) नेपाल सेक्सनको अध्यक्ष जस्तो गरिमामय पदमा ४ वर्षको लागि मनोनित भएकी छन् । कोरोनाको महामारीको कारण भिडियो कन्फ्रेन्सका माध्यमबाट बसेको आईओभीको बोर्ड मिटिङले केही समयदेखि रिक्त रहेको उक्त पदमा आचार्यलाई मनोनित गरेको हो ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपमा सन् २०१२ देखि आबद्ध रही निरन्तर रूपमा लोक कला, संस्कृतिको संरक्षण र प्रबद्र्धनमा समर्पित तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा लोक कला र संस्कृतिको उत्थानका लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आचार्यलाई अध्यक्षजस्तो गरिमामय पदमा मनोनित गरेको जनाइएको छ ।
आईओभी महासंघको मुख्य उद्देश्य विश्वमा लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने तथा विभिन्न देशमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा सहभागी हुने, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न देशको लोक संस्कृतिको बारेमा अनुसन्धान गर्ने रहेको छ । सन् १९७९ मा स्थापित आईओभी महासंघमा १५० भन्दा बढी मुलुकहरू सदस्य रहेका छन् ।