Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नेपाल-भारत सिमा विवादलाई विदेशी मिडियाले प्राथमिक दिए

Friday, May 22, 2020 National Power

काठमाडौ – नेपाल र भारतबीच बढेको सिमा विवाद अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताको समाचार बनेको छ । सीएनएन, बीबीसी, अल जजिरालगायत मिडियाले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाल र भारतबीच विवाद बढेको विषयको खबर छापेका छन् ।

सीएनएनले नेपालले कालापानी क्षेत्र समावेश गरी नक्शा जारी गरेपछि भारतले अमान्य भन्दै आपत्ती जनाएको खबर छापेको छ । ११५ वर्ग किलोमिटरको यो क्षेत्र सामरिक दृष्टिले भन्दै अल जजिराले खबर छापेको छ ।

भारतीय मिडियाले यो खबर निकै प्राथमिकता का साथ प्रकाशन र प्रसारण गर्न थालेका छन् । भारतले कालापानी क्षेत्र आफ्नै अखण्ड भुभाग भएको दाबी गर्दै आएको छ । तर, नेपालले उक्त क्षेत्र नेपालको रहँदै आएको र भारतीय सेना चीनसँगको युद्धका बखत पसेको भन्दै आएको छ ।

दुई देशबीच सिमा विवादले सुमधुर सम्बन्ध चिसिने अवस्था बनेको छ ।