Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोना जितेर बाँकेका २१ जना घर फर्किए, फूलमालाले गरियो बिदाइ

Friday, May 22, 2020 National Power

काठमाडौ – कोरोनालाई पराजित गरी बाँकेका २१ जना शुक्रबार घर फर्किएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेसनमा उपचाररत २१ जना शुक्रबार डिस्चार्ज भएका हुन् ।

उनीहरूको तेस्रोपटक स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी घर पठाइएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

कोरोना पराजित गर्नेलाई फूलमाला र खादा ओढाएर बिदाइ गरिएको थियो ।

कोरोना विशेष आइसोलेसन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर शुक्रबार मध्याह्न उनीहरूलाई अस्पतालबाट बिदाइ गरेको डा. थापाले जानकारी दिए ।

नेपालगन्जमा पहिलोपटक १९ वैशाखमा ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएका व्यक्ति पनि आज निको भएर घर फर्किएका छन् । उनीसहित नेपालगन्ज उपमहानगरपालिका–८, जोलाहनपुर्वाका २० जना कोरोना संक्रमित निको भएर घर फर्किएको डा. थापाले जानकारी दिए ।

उक्त अस्पतालमा नेपालगन्जका २५ जना र नरैनापुरकी आठ महिनाकी छोरी भएकी एक महिला उपचाररत थिए ।

अस्पतालमा बाँकी रहेकाहरूको समय नपुगेकाले केही दिनपछि कोरोना परीक्षण गरी डिस्चार्ज गरिने उनले बताए । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. थापाको भनाइ छ ।

नेपालगन्जमा पहिलोपटक १९ वैशाखमा ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भएको थियो ।