Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सन्तोषले अन्जु र प्रमोदको दिल जोडिदिए पछी

Thursday, May 21, 2020 National Power

काठमाडौ – नेपाली आधुनिक सुगम सङ्गीतको क्षेत्रमा एक लोकप्रिय सङ्गीतकार हुन् सन्तोष श्रेष्ठ । दुई दशकभन्दा लामो समयदेखि सङ्गीतमै निरन्तर लागिरहेका सन्तोष श्रेष्ठले सीआरबीटीमा आफूलाई पहिलो नम्बरको सङ्गीतकारको रूपमा उभ्याउन सफल भएका छन् भने थुप्रै सङ्गीत लोकप्रिय छन् ।

यिनै लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको शब्द/सङ्गीतमा “तिम्रो मेरो दिलको बास” बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । समकालीन पुस्ताका चर्चित गायक/गायिका अन्जु पन्त र प्रमोद खरेलको युगल गायनको गीत सगरमाथा डिजिटल मार्फत प्रस्तुत गरिएको छ ।

कमल सौरागको अरेन्ज र किशोर थापाको रेकर्डिङ/मिक्सिङ रहेकोे प्रेम भावमा आधारित सन्तोषको आफ्नै शब्द/सङ्गीतमा पहिलोपटक तयार गरिएको यो गीत अहिलेको महामारीको कारण लिरिकल भिडियो सार्वजनिक गरिएको छ भने अनुकुल समयमा भिडियो सहित प्रस्तुत गरिने संगीतकार श्रेष्ठले बताएका छन् ।

https://youtu.be/Z6GPn6tmAQc