Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कन्टेनरमा लुकेर आएका ५० ईन्डियन नागरीकलाई प्रहरीले नियन्त्रणमा लियो

Sunday, May 17, 2020 National Power

काभ्रे – जिल्ला प्रशासन कार्यालय काभ्रेले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो।

ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए। ‘नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन’, तिमल्सिनाले भने। उनले ती नागरिकका बारेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए।

त्यसैगरी मध्यपूर्वी पहाडबाट काठमाडौँ राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन्। बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मङ्गलटारमा पनि चाँजचौकी राखी थप कडाइ गरिएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ।