Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भोलिबाट लकडाउन कडा हुने (गृहले बनाएको सवारी पासको नीति हेर्नुहोस्)

Wednesday, May 13, 2020 National Power

काठमाडौ – सरकारले भोलिबाट लागु हुनेगरी लकडाउन कडा गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित देशैभर देखिनथालेपछि लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।

१ जेठबाट लागु हुने गरी पुराना पास सबै रद्द हुनेछन् । नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।

हिजो एकै दिन किर्तिमानी ८३ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा गर्न निर्देशन दिएपछि गृहले तत्काल कडा कदम चाल्ने टुंगो लगाएको हो । जुन भोलिबाट लागू हुनेछ ।

अब एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनिवार्य अनुमति लिनुपर्नेछ । सञ्चालन हुनपाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ ।

गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ । अत्यावश्यकलाई मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइनेछैन ।

अब निस्कनुअघि के के ख्याल गर्नुपर्छ

– पास नलिई ननिस्कनुहोला

– अर्को जिल्लामा जानका लागि दुवै जिल्लाका सिडिओको पास विना नहिड्नुहोला

– सरकारी कर्मचारी भए आवश्यकता र अनिवार्यलाई हेरेर कार्यालय समय पुग्न र फर्कने टाइममा हेर्नुहोला

– बैक तथा वित्तिय संस्थाका कर्मचारी भएपनि पास आवश्यक पर्नेछ

– खाद्यान्न ढुवानीलगायतका लागि पनि तोकिएको समयमा मात्र सञ्चालन अनुमति छ । अर्को जिल्लामा जान पासको आवश्यकता पर्नेछ

– पत्रकारले बाहिर निस्कँदा सुचना विभागको प्रेस पास लिनुपर्नेछ

गृहले बनाएको सवारी पासको नीति
१) एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द

२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने।

३) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।

४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।

५) पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।