Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

काभ्रेको ट्राफिकद्धारा टिपर चालकलाई स्वास्थ्य सामाग्री

Tuesday, May 12, 2020 National Power

काभ्रे (बनेपा) – बागमति ट्रिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सयुक्तमा टिपर चालकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

मंगलबार काभ्रेको बनेपा र पनौती गरि दुई स्थानमा करिब १५ सय चालकलाई मास्क, स्यानिटाइजर र पञ्जा वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । उनका अनुसार लक डाउन खुकुलो भएसँगै अरिनको र वि.पी राजमार्ग हुदैँ जिल्लामा धेरै मात्रामा ट्रिपर गुड्न थालेपछि चालकलाई सचेत गराउन यो कार्यक्रम गरिएको हो ।

कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न र चालकलाई कोरोनाबारे सचेतना गराउनु स्वास्थ्य सामाग्री वितरण गर्नुको मुख्य उद्देश्य रहेको प्रमुख तामाङले जानकारी दिए । हजारदेखि १५ सय चालकलाई सामाग्री वितरण गर्ने लक्ष्य राखिएको बताइएको छ ।

लकडाउनले गर्दा निर्माणाधिन अवस्थामा रहेका परियोजना अलपत्र परेपछि लक डाउन खुकुलो गर्दै निर्माण ढुवानी सुचारु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तामाङले बताए । उनका अनुसार अहिले काठमाडौंमा निर्माण सामाग्रीको माग बढि भएपछि जिल्लाको अरनिको र वि.पी राजमार्गमा ट्रिपर धेरै सङ्ख्यामा गुडेको छ । लक डाउनको अवधिमा पनि जिल्लामा दैनिक करिब दुई सय ट्रिपर गुड्ने गरेको कार्यालयको तथ्याङकमा छ