मण्डनदेउपुर, काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नगरभित्र रहेका बिपन्न र श्रम गर्न सक्ने बर्गका लागि काम गराएर मात्रै राहत दिने राहतको नयाँ प्याकेज ल्याएको छ ।
नगर प्रमुख टोकबहादुर वाईबाको अध्यक्षतामा बसेको नगर बिपद ब्यवस्थापन समितिको बैठकले खाद्यान्नका लागि काम भन्ने उदेश्यले बिपन्न र श्रम गर्न सक्ने बर्गका लागि प्रत्येक वडामा श्रम गर्ने वाताबरण निर्माण गरी काममा लगाउने र काम गरे बापत नगदको सट्टा खाद्यान्न दिने निर्णय गरेको प्रमुख वाईबाले बताए ।
उनका अनुसार एक दिन काम गरे बापत १५ के.जी.चामल, आधा लिटर तेल, १ के.जी नुन र १ के.जी.दाल दिईने छ । प्रत्येक वडाले अति बिपन्नहरु को लगत संकलन गरी पठाएको आधारमा उनिहरुलाई सडक मर्मत सम्भार, धारा कुवा सरसफाई लगाएत सामाजिक काममा परिचालन गरिने छ । यसले गर्दा लकडाउनका कारण कोहि भोकैपनि नपर्ने, बिकास र सामाजिक कामपनि हुने छ ।