Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

धुलिखेलमा अलपत्रलाई संगितकर्मीले दिए राहत

Friday, May 8, 2020 National Power

धुलिखेल – अहिले बिश्व महामारीका रुपमा रहेको कोरोना भाइरस ( कोभिड–१९) को प्रकोपका कारण नेपालमा भएको लकडाउन संगै बेरोजगारीका कारण गरिब तथा बिपन्न वर्गका परिवारमा खाद्यान्नको समस्या पर्दे आइरहेको अवस्थालाई मध्नजर गर्दै धुलिखेलका अलपत्र १८ परिवारलाई राष्ट्रिय संगीतकर्मी संघले राहत प्रदान गरेको छ । यसै सन्दर्भमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घले समस्यामा परेका विपन्न र पिडित व्यक्तिहरुका लागी राहत बितरण गरी बिहान बेलुकाको पेट भर्ने काममा सहयोग गर्दे आइरहेको छ । संघले हालसम्म ३ हजारभन्दा बढि परिवारलाई राहत वितरण गरिसकेको छ ।

लकडाउन भए सँगै शुरुवात गरिएको यो अभियानमा निरन्तर जारी रहेको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले बताए । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अभियान अन्तर्गत दैनिक मजदुरी गर्ने काभ्रे धुलिखेल वडा नं. ४ छापागाउका १८ घर परिवारलाई राहत प्रदान गरिएको हाे । त्यसैगरी भक्तपुर ,कालो पुल ,काडाघारी , बनेपाका साथीहरुलाई सहयोग गरेकाे शाह बताउँछन् । अभियानमा संलग्न राष्ट्रिय सङ्गीतकर्मी सङ्घका महासचिव तथा बिपत व्यवस्थापन कोषका संयोजक बिक्रम जङ्ग शाह, उपाध्यक्ष द्धय अमृत खाती, उमा श्रेष्ठ , प्रवक्ता होमराज सुबेदी , केन्द्रिय सदस्य सिर्जु अधिकारी, राजकुमार हुमागाई , लगायत सम्पुर्ण सङ्गीतकर्मी सङ्घ र समन्वयको लागि सङ्घका जिल्ला अध्यक्ष अमरकृष्ण चन्द र बरिष्ठ पत्रकार खगेन्द्र भण्डारी लगायत सहभागी रहेका थिए ।

धुलिखेलमा वितरण गरिएको सामाग्री सहयोग तथा व्यवस्थापन उद्योगपति गणेश सुवेदीले गरेको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले जानकारी दिए ।