Tuesday 3rd August 2021

    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक    निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?    विश्वभर फैलियो डेल्टा भेरियन्ट

उद्योग र सेवा क्षेत्रलाई सामाजिक दूरी कायम गर्ने शर्तसहित लकडाउन खोल्नुपर्छ – गृहमन्त्री

Tuesday, May 5, 2020 National Power

काठमाडौँ — कोभिड- १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनले अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्न थालेकोले खुकुलो पार्नुपर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

रोजगारी गुमेको र अन्य क्षेत्रमा पनि नकरात्मक प्रभाव पर्न थालेको भन्दै उनले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिमा लकडाउन क्रमशः खोल्नुपर्ने उनले बताएका हुन् ।

उद्योग र सेवाक्षेत्र क्रमशः खोल्नुपर्ने गृहमन्त्री थापाको भनाइ छ । ‘उद्योग र सेवा क्षेत्रलाई सामाजिक दूरी कायम गर्ने शर्तसहित खोल्नुपर्छ,’ उनले भने, ‘नत्र भने कोरोना भाइरसले त सिध्याउँछ नै आर्थिक संकटले पनि सिध्याउँछ ।’ कोरोनालाई निस्तेज गर्नका लागि लकडाउन लगाइएको भए पनि यसलाई खुकुलो पार्नुपर्ने उनको भनाइ थियो । सामाजिक सद्भाव कायम गर्ने र राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्नुपर्ने भनाइ उनको छ ।

कोरोनाका कारण विदेशबाट नेपाल आउने र सहरबाट गाउँ जाने क्रम बढेको भन्दै उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि सबैले मिलेर काम गर्दै कोरोना र यसबाट सिर्जित समस्यालाई परास्त गर्नुपर्ने धारणा राखे । ‘सामाजिक असन्तुष्टि बढेको छ । असन्तोष पैदा भएको छ । यो समस्या समाधान गर्नका लागि सामाजिक सद्भाव र राष्ट्रिय सहमति तथा एकताको रणनीति लिएर यो संकट समाधान गर्नुपर्छ,’ उनले भने ।

विश्व अर्थतन्त्र नै मानवसमाज नै कोरोना भाइरसको घेराबन्दीमा परेको भन्दै गृहमन्त्री थापाले यसबाट विश्वमा नै सामाजिक र राजनीतिक संकट पैदा हुने बताए  ।

#RSS#