Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

युएन र डब्ल्यूएचओको रक्षामन्त्रीसँग जिज्ञासाः नेपालमा अब लकडाउनको अवस्था के हुन्छ ?

Tuesday, May 5, 2020 National Power

काठमाडौं – संयुक्त राष्ट्रसंघ (युएन) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । भेटमा राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी जुलियाण्ड र डब्ल्यूएचओका प्रनितिधि डा.जोस भ्यालेण्डरले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले चालेका कदम र पछिल्लो अवस्थाका विषयमा जानकारी लिएका छन् । सरकारद्वारा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेपालको अवस्था र चाल्नुपर्ने आगामी कदमहरुको बारेमा जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यसको उचित व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्ध मिलाएको जानकारी गराउनुभएको रक्षा मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले बताए । भेटमा राष्ट्रसंघ र डब्ल्यूएचओका प्रतिनिधिले सिमित स्रोत साधनकाबीच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टाइनमा रहेकाहरुको अवस्था र लक डाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि जानकारी लिनुभएको उपसचिव आचार्यले बताए ।

भेटमा उनीहरुले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने बचन पनि दिएका छन् । नेपालमा अब लकडाउनको अवस्था के हुने ? लकडाउन कम गर्दै जाँदा त्यसले पार्ने प्रभाव के हुन्छ ? भन्ने विषयमा पनि उनीहरुले विज्ञासा राखेका थिए । राष्ट्रसंघ र डब्ल्यूएचओका प्रतिनिधिले क्वारेन्टाइनम रहेका महिला र बालबालिकालाई व्यवस्थित तरिकाले राख्न र सकेसम्म होम क्वारेन्टाइनमै राख्न सकिने अवस्थाका विषयमा पनि नेपाल सरकारलाई सुझाव दिएका छन् ।

# RATOPATI#