Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

पिंडितको उद्धार गरेकोमा धन्यवाद दिउंँ कि नियम उल्लंघन गरेको मा गाली ?

Sunday, May 3, 2020 National Power

लेखक : संच खालिङ राई

काठमाडौ – संसारलाई नियालेर हेर्ने हो भने भौगोलिक रुपमा कल्पना गरे भन्दा विशाल छ तर समय सापेक्ष अहिले हेर्ने हो भने संसार बिचित्रको छ। भौगोलिक रुपमा जति विशाल छ बर्तमान परिबेशमा प्रबिधिको उपयोग गरि हेर्ने हो भने त्यो निकै सानो छ। एउटा रिमोटेले संसार चल्छ। यसो हुनुमा मानव सभ्यताको को बिकास हुनु। ढुङ्गे युगबाट सुरु भएको मानव सभ्यता यो अवस्थामा आउनु भनेको भगवानको वर्दान होइन समयको सहि सदुपयोग नै हो। हामी कल्पना गरौ हिजो मान्छेहरुलाई हिंडेर यात्रा गर्न समस्या नभएको भए, एक ठाउंँबाट अर्को ठाउंँमा चिठी पत्र पुर्‍याउन समस्य नभएको भए या मानबले गर्ने हरेक काम सजिलो हुन्थ्यो भने आज यो रोबर्ट युगमा प्रबेश पाउदैनथ्यो। यसले के पुष्टि गर्छ भने समस्याबाट भाग्ने होइन सहि सदुपयोग गर्नु पर्छ।

हामीलाई फेरीपनि प्रकृतिले एउटा अवसर प्रदान गरेको छ र हामिलाई कोभिड १९ नामक भाईरस पठाएको छ। संसार भर यसलाई कसरी अवसरको रुपमा लिन सकिन्छ भनेर हर प्रयास भै रहेको छ। यो चुनौतिलाई कस्ले अवसरको रुपमा प्राप्त गर्छ त्यो हेर्न बांँकी छ। त्यस मध्य नेपाल पनि एक प्रतिस्पर्धि हो।

हरेक समस्यालाई अवसरको रुपमा लिन ईच्छा शक्ति चाहिन्छ त्यत्ती मात्रै होइन आफैमा बलियो एकताको पनि आवस्यकता पर्छ। सानो समस्या वा कलह हुदा भाडा ठटाएर छिमेकी गुहार्ने हाम्रो परम्पराले यो अवसरलाई कसरी प्रयोग गरेर निकास दिन्छन या आफै सिद्धिन्छ त्यो हेर्न बांँकी छ।

२०७२ सालको महाभुकम्पले नेपाली जनतालाई थोरै राहात मिलेको थियो। बिगत ७/८ वर्ष देखि लङ्गडो बनेको संविधानले पुर्नता पायो र त्यसलाई केही हदसम्म सफलताकै उपज मान्न सकिन्छ। आम नेपाली जनताको ईच्छा र चाहाना यो कोभिड १९ ले पनि नेपालमा केही न केही नयांँ सन्देश नया कुरा देओस भन्ने हो। यो जनताको ईच्छा र चाहाना कति सम्म पूरा हुन्छ त्यो त हेर्न बांँकी नै छ तर नेपाली राजनिती र चरित्रलाई भने यसले पुरै नाङ्गो पारेको छ।

लामो समय देखि कृयाशिल, देशको बागडोर सम्हालेका पार्टीहरु एजेन्डा र सिद्धान्त बिहिन रहेको पुष्टि यो महाबिपत्तिको बेलाको राहतले पुष्टि गरेको छ। आज महाबिपत्तिको बेला दिइने राहत पर्टीको एजेन्डा र सिद्धान्त भन्दा बलियो साबित बनाई दिएको छ। राहत बिना कुनै पार्टीको अस्तित्व नै धरापमा परेको अनुभूती सहजै गर्न सकिन्छ। होइन भने राहत र उद्धार जस्तो कुरामा पुरै बान्तै आउने घिनलाग्दो चरित्र प्रदर्शन गर्न जरुरी थिएन। आवस्यकता थियो त केबल पिंडितले उचित राहात पाउनु मात्र हो।

हामीलाई लागेको थियो। बिपत्तिको सामना सबैले मिलेर गर्नुपर्छ। राज्यले पनि सबैलाई अपिल गर्ने छ यो बिपत्तिको सामना गर्न। यहाँ बिपत्तिको सामना गर्न कुनै पार्टी विशेष मात्र हैन नेपाल  र नेपाली मनले गर्नु पर्छ। सबैले राज्यलाई सहयोग गर्नु पर्छ तर यहाँ ठिक उल्टो भयो। जनताले पाउंँदै आएको राहतमा ब्यक्तिगत राहतको नाम गरेर कटौती गरियो। लागेको होला ब्यक्तिगत रुपमा राहत दिंदा जनताले आफ्नो मत राहातसङ्गै साटेर खान्छ्न। जनताले दिएको मत आफ्नो पार्टिको आस्था विस्वास र सिद्धान्तमा अडिग रहेर दिएको हो। जनताले आफ्नो स्वाभिमान एक छाक राहतसङ्ग बेचेर खादैन यो कुराको जानकारी होस। आफ्नो आस्था र विस्वास कहिले नि मर्दैन र बन्दुकको नाल कंचडमा राखे पनि त्यो डगमगाउदैन जनतासङ्ग त्यत्ती ईमान्दारिता चाहिँछ।

आज राहतले जनजनमा प्रश्न खडा भएको छ। एकातिर एकद्वार प्रनालीबाट राहत दिने ब्यक्तिगत राहत दिन नपाउने निर्णय आफै गर्छ अर्को तिर आफै राहतको पोका बोकेर जनताको घरघरमा गएर फोटो प्रदर्शनी गर्छ। अब उसो भए यो नियम कानुन किन र कस्को लागि ? पिंडितको उद्धार गरेकोमा धन्यवाद दिउंँ कि नियम उल्लंघन गरेको मा गाली ? यो सोचनिय विषय बनेको छ यता तिर ध्यान पुगोस। यो महाबिपत्तिमा भएको भ्रष्टाचारको को समाचारहरु आए यो कुनैपनी हालतमा जनताले क्षामादान दिन सक्दैन। एउटा परियोजनाबाट ७२ करोडसम्म घुस खान खोज्दा चुपचाप बस्ने सरकारले ८० करोडको राहात १ महिनामा बांँड्यो भनेर छुट छैन यस्तो घृणित कार्य तत्काल बन्द गरि सहज वातावरणमा महाबिपत्ती सङ्ग सामना गर्नु नै आजको मुल आवस्यकता हो।

यो महाबित्तिको बिचमा कुनै काम यत्ती सह्रानिय भएको छ जुन काम जति नै प्रसङ्गसा गरे नि कम हुन्छ। त्यसको खुल्ला मनले प्रसङ्गसा गर्नै पर्छ। काठमाडौमा बिपत्तिमा रहेका नागरिकहरुलाई जोखिम मोलेर उद्धार गरि गाउंँसम्म लानु यो चान चुने कुरै थिएन जुन कुरा कतिपय स्थानिय सरकारले सम्भब बनाएरै छाडे त्यो कुराको खुलेर साथ समर्थन गर्नु पर्छ। त्यो काम जोसुकैले गरेको होस। उद्धारको क्रममा प्राबिधिक रुपमा केही कमिकमजोरि भए होला त्यो क्षमा दिन लायक छन, दिनु पनि पर्छ। जसले काम गर्छ गल्ती उसैले नै गर्छ। यो लकडाउन सकियोस या नसकियोस यो महाबिपत्तिले जन्माएको नायकहरु को कमि पनि छैनन।

हामिले राम्रो कामको खुलेर प्रसङ्गसा गर्दै हस्टेमा हैसे गर्नै पर्छ र नराम्रो कामको खबरदारी गरि सहि बाटो हिड्नु र हिडाउनु आम नेपाली जनताको कर्तव्य हो।

– लेखक : सन्च खालिङ राई ,९८४२८९८४६८