काठमाडौं – नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारी स्थायी समितिको बैठक सकिएको छ। शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय भने खासै कुरो नउठेको बताइएको छ ।
यसअघि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी गरेका हुन ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्ड सहित अन्य नेताहरुले पनि आत्मा आलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘ श्रेष्ठले विधि, पद्धति र पार्टीका सिद्धान्त अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए । ‘
उनले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए । यसअघि पनि सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको उनको भनाइ छ ।
यस्तै उपाध्यक्ष वामदेव गौतमलाई समय आएपछी प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि उनले बताए ।