Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेकपा वागमती प्रचार विभागद्वारा काभ्रे पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Wednesday, April 29, 2020 National Power

काभ्रेपलान्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वागमती प्रदेश समिति अन्तर्गतको प्रचार तथा प्रकाशन विभागले काभ्रेका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

आज विभागका सचिव ध्रुव प्रसाद घिमिरेले प्रेस संगठन नेपाल, काभ्रे शाखालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले आव्हान गरेको लकडाउनमा समाचार संकलनको लागि पत्रकारहरु अग्रपंक्तिमा उभिनुपर्ने भएकोले स्वास्थ्य सामाग्री वितरण गरेको विभाग सचिव घिमिरेले बताए ।

नेकपा काभ्रेका कार्यालयमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै घिमिरेले सरकारले प्रभावकारी ढंगले लकडाउनलाई अगाडि बढाइएकोले सूचना प्रवाह गर्दा सरकारलाई सहयोग पुग्ने ढंगले समाचार संप्रेशन गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य सामाग्री प्रेस संगठन नेपालका जिल्ला संयोजक भुवन रायमाझी र सह–संयोजक रामकृष्ण बञ्जारालाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा विभागका सदस्य तथा प्रेस संगठनका केन्द्रिय सदस्य ग्याम्जो लामा, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य पेमा लामा, पत्रकार महासंघका वागमती प्रदेश उपाध्यक्ष यदुनाथ गौतम, काभ्रे शाखा अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस संगठनका केन्द्रिय लेखा आयोगका सदस्य नवराज बजगाईं, संगठनका वागमती प्रदेश सदस्यहरु, जिल्ला समितिका सदस्यहरुको सहभागीता रहेका थिए ।

कार्यक्रममा जिल्लामा पत्रकारहरुको अवस्था र समस्याकोबारेमा सचिव घिमिरेलाई पत्रकार महासंघका जिल्ला अध्यक्ष तिमल्सिनाले जानकारी गराएका थिए ।