Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

“सुरेन्द्र यादव अपहरण”को किटानी जाहेरी दर्ता गर्न प्रहरीद्धारा अस्वीकार

Sunday, April 26, 2020 National Power

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर किटानी जाहेरी दर्ता गर्न पुगेपनि प्रहरीले अस्वीकार गरेको हो ।

जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि सँगै पुगेका थिए । मधेशबाट निर्वाचित नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत प्रहरीकोमा पुगेका थिए । तर, किटानी जाहेरी दर्ता गर्न नमानेपछि जसपा नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन् । उनले विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कास गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

अपहरणमा संलग्न भनिएका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिन नेताहरु पुगेका हुन् । उनीहरुमाथि १० वैशाखमा सांसद यादवलाई महोत्तरीस्थित घरबाटै अपहरण गरी काठमाडौं ल्याइएको आरोप लगाइएको छ । तर, तीनैजनाले आरोपको खण्डन गर्दै आएका छन् । उनीहरुले सांसद यादव अंगरक्षक, नातेदार र तत्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अगरियासँगै आएको उनीहरुको दाबी छ