Sunday 11th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

राष्ट्र बैंकद्वारा चौथो त्रैमासको ब्याजमा सहुलियत दिने घोषणा

Sunday, April 26, 2020 National Power

काठमाडौं – नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।

राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्ववजनिक गर्दै गभर्नर अधिकारीले  कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाडै लिइने बताएका छन् ।

उनको वक्तव्यको पूर्ण पाठ गभर्नर कार्यालयले आइतबार सार्वजनिक गरेको छ । कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने गभर्नर अधिकारीले बताएका छन् ।

यसैगरीसहज उनले ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशाधन गरी ६० अर्ब रुपैयाँको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने बताएका छन् ।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने, कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने तथा लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाउने गभर्नर नेपालले बताएका छन् ।