Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सर्वेन्द्र खनालसहित नेकपाका दुई सांसदविरुद्ध उजुरी दिन जसपाका नेताहरु पुगे प्रहरीकोमा

Sunday, April 26, 2020 National Power

काठमाडौं – अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । उनीहरु कानुन व्यवसायीसँगका परामर्शपछि प्रहरी कहाँ पुगेका छन् । जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि साथमा छन् । उनीहरु मास्क लगाएर प्रहरी कहाँ पुगेका हुन् ।

अपहरणमा संलग्न भनिएका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्दा दायर गर्न नेताहरु पुगेका हुन् । उनीहरुमाथि १० वैशाखमा सांसद यादवलाई महोत्तरीस्थित घरबाटै अपहरण गरी काठमाडौं ल्याइएको आरोप लगाइएको छ ।