लेखक : डा. डीआर उपाध्याय
– कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ४९ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ ।
लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन् । विश्वमा नै सङ्क्रमण असाध्यै बढदै गएको छ । झण्डै ४ महिनाको अन्तरालमा २४ लाखभन्दा बढी सङ्क्रमित र डेढ लाखभन्दा बढीको मृत्यु भइसकेको खवर समाचारमा आएका छन् ।
यस रोगबाट बच्न सबैखाले उपायहरु अवलम्बन गरिएको छ । तर, पनि यसको नियन्त्रण हुन सकेको अवस्था छैन । यति बेला अधिकांश मुलुक ‘लकडाउन’मा छन ।
महामारीलाई नियन्त्रण बाहिर जान नदिनका लागि मुख्य बचाउ भनेको लकडाउन नै हो । कडा नाकाबन्दी, व्यापक परीक्षण, हरेक नागरिकले कर्तव्य र अनुशासनको पालन गरे खुकुलो लकडाउनद्वारा पनि यो महामारीलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।
१ः नाकाबन्दीमा कडाइ गरौं
२ः सामाजिक दूरीमा कडाइ गरौं
३ः परीक्षणमा कडाइ गरौं
४ः जनचेतनामा वृद्धि गरौं
५ः स्वस्थ्य मापदण्डमा कडाइ गरौं
६ घरबाट निस्कनबाट कडाइ गरौं