अरबिन्द्र गौतम / बनेपा
काभ्रेपलान्चोक – कोरोना भाइरस (कोभिड १९) संक्रमणको नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनका कारण अलपत्र परेका मजदुरहरुलाई आज भोलि निकै समस्या परेको बेला काभ्रे अटो मेकानिक्स व्यवसायी समुहले सहयोग गरेको छ ।
विश्वभरी फैलिएको महामारीको कारण
दैनिक ज्यालादारी काम गर्न मजदुरहरुलाई निकै समस्य परेको देखिन्छ । सहरमा दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने मानिसहरुलाई खाना र बस्न समस्या भएपछि उनीहरु हप्ता दिन हिडेर गाउँ जान बाध्य छन् ।
काभ्रेपलान्चोक जिल्लाको विभिन्न भागबाट आएका दैनिकी ज्याला मजदुरी गरेर हिड्नेहरु र पैदल यात्रुलाई , सडकमा अलपत्र परेकाहरु लाई काभ्रे अटो मेकानिक्स व्यवसायीको समुहले निशुल्क खाना खुवाएको हो ।
काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा काभ्रे अटो मेकानिक्स व्यवसायीको समुहले दैनिकी ज्याला मजदुरी गरेर हिड्नेहरु लाई निकै समस्या परेकाले १७० जना भन्दा माथी लाई निशुल्क खाना वितरण गरेको काभ्रे अटो मेकानिक्स व्यवसायी समुहका संयोजक दिनानाथ तिमल्सिनाले राम्रो सन्देश डट कम लाई जानकारी दिए ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको नियन्त्रण तथा रोकथामका लागि यतिबेला नेपाल सरकारले देशलाई लकडाउन लगाएको छ । लकडाउन लगाएको पनि ४ हप्ता भन्दा बढि भएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमित संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई गर्दा विचल्ली हुने मजदुर , यात्रु , सडकमा अलपत्र परेका अनाथ बालबालिकाहरु लाई आज बाट निशुल्क खान वितरण गरेका छन ।
सहरमा दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने मानिसहरुलाई खाना र बस्न समस्या भएपछि उनीहरु सहयोग गरेका हुन । अहिले लकडाउनलाई कडाईका साथ लागू गर्दा उनीहरुनै बढि मारका परेको परिस्थितिमा निशुल्क खाना वितरण गरेका छन ।
यसैगरी काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा काभ्रे अटो मेकानिक्स व्यवसायीको समुहले जिल्ला विपद ब्यबस्थापन समिति काभ्रेका संयोजक श्रवणकुमार तिमल्सिना लाई पिपिई ३ सेट हस्तान्तरण गर्न काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलान्चोकेले जानकारी दिए