Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

कोरोना भाइरसविरूद्ध लड्न मास्क सिलाउँदै भारतकी फर्स्ट लेडी

Thursday, April 23, 2020 National Power

भारात – भारतकी फर्स्ट लेडी सविता कोविन्दले मास्क सिलाउन थालेकी छिन्।

राष्ट्रपति रामनाथ कोविन्दकी श्रीमती सविताले बुधबारदेखि मास्क सिलाउन थालेकी हुन्। उनले बनाएका मास्क दिल्ली अर्बान सेल्टर इम्प्रोभमेन्ट बोर्डका आश्रय घरहरूमा बाँडिने भारतीय जनता पार्टीले जनाएको छ।

सविताले मास्क सिलाउँदै गरेको तस्बिर अहिले भारतमा भाइरल भइरहेको छ। भाजपाको आधिकारिक ट्वीटरबाट उनको तस्बिर पोष्ट भएको थियो।

उत्तरप्रदेश, दिल्ली, महाराष्ट्र र पश्चिम बंगालमा बाहिर निस्किँदा मास्क लगाउन अनिवार्य गरिएको छ।

भारतमा बिहीबारसम्म कोरोनाभाइरस संक्रमित संख्या २१ हजार पुगेको छ भने ६ सय ८१ जनाले ज्यान गुमाएमा छन्।

यसअघि राष्ट्रपति भवनका एक कामदारमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। राष्ट्रपति भवनमा काम गर्ने एक सय कामदार र १२५ परिवारलाई सेल्फ आइसोलेसनमा राखिएको छ। – एजेन्सी