Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोरोना भाइरसविरूद्ध लड्न मास्क सिलाउँदै भारतकी फर्स्ट लेडी

Thursday, April 23, 2020 National Power

भारात – भारतकी फर्स्ट लेडी सविता कोविन्दले मास्क सिलाउन थालेकी छिन्।

राष्ट्रपति रामनाथ कोविन्दकी श्रीमती सविताले बुधबारदेखि मास्क सिलाउन थालेकी हुन्। उनले बनाएका मास्क दिल्ली अर्बान सेल्टर इम्प्रोभमेन्ट बोर्डका आश्रय घरहरूमा बाँडिने भारतीय जनता पार्टीले जनाएको छ।

सविताले मास्क सिलाउँदै गरेको तस्बिर अहिले भारतमा भाइरल भइरहेको छ। भाजपाको आधिकारिक ट्वीटरबाट उनको तस्बिर पोष्ट भएको थियो।

उत्तरप्रदेश, दिल्ली, महाराष्ट्र र पश्चिम बंगालमा बाहिर निस्किँदा मास्क लगाउन अनिवार्य गरिएको छ।

भारतमा बिहीबारसम्म कोरोनाभाइरस संक्रमित संख्या २१ हजार पुगेको छ भने ६ सय ८१ जनाले ज्यान गुमाएमा छन्।

यसअघि राष्ट्रपति भवनका एक कामदारमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। राष्ट्रपति भवनमा काम गर्ने एक सय कामदार र १२५ परिवारलाई सेल्फ आइसोलेसनमा राखिएको छ। – एजेन्सी