काठमाडौ – काठमाडौको हाँडीगाँउ पञ्चधारमा रहेको गोरखनाथ पिठ का योगी महाराज बिश्वनाथ बाबा को संयोजनमा कोरोना भाइरस का कारणले अफ्ठेरोमा परी खान नपाएका एबम राहत नपाएका हरुको लागि नि:शुल्क खाना खुवाउने कार्य भैरहेको छ ।
लकडाउन सुरु भए यता आज १९ औंं दिन सम्म यस कार्यले निरन्तरता पनी पाईरहेको अभियन्ता संचारकर्मी सुर्य चन्दले बताएका छन ।
थापाथली र रत्नपार्कबाट नियमित भोजन गराई रहेको संस्थाले लकडाउनको १७ औं दिन देखी कलंकी र कोटेश्वरबाट पनि यो अभियान संचालन गरेको छ भने काठमाडौ महानगरपालीकाले पनि उक्त अभियान संचालन को १७ औं दिनबाट खाध्यान्न उपलब्ध गराउन लागेको संचारकर्मी चन्दले बताएका छ्न ।
दैनिक १००० भन्दा धेरै मानिसहरुको लागि भोजनको प्रबन्ध गरेको यो संस्थाको अभियानबाट शहरमा अलपत्र परेको र पैसाको अभावमा खानाबाट बन्चित मानिसहरु लाभान्वित भएका छन ।
उक्त अभियानमा नेपाली चलचित्रको पहिलो निर्देशक सुचित्रा श्रेष्ठ सहित संस्थाका स्वंयमसेवक र संचारकर्मी, समाजसेवी लगायतको सहभागीता रहेको छ । – कमला जोशी