Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सदस्यहरुको मन जित्दै उग्रतिर्थ सहकारी

Wednesday, April 22, 2020 National Power

काभ्रेपलान्चोक – कोभिड- १९ को माहामारि रोक्न सरकारले लगाएको लकडाउनमा आफ्नो सदस्यहरुको सारथि बन्दै आवश्यक अनुसार सदस्यहरु लाई परेको सम्स्या लाई मध्यनजर गर्दै उहाहरुको घरदैलोमा रकम पुर्याउन थालेका छन।

बनेपा, पनौती र धुलिखेल नगरपालिका साथै कुशादेबी मानेदोवान, खोपासी आसपास का क्षेत्रहरुमा समेत कर्मचारीहरुले घर घरमा आवश्यक अनुशारको नगद पुर्याउन थालेको बनेपा तिनदोबाटो स्थित बद्री कम्पेल्यसमा प्रधान कार्यलय रहेको उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था अध्यक्ष शान्तमणी रिजालले सरकारले लकडाउन गरेपछि सहकारी सस्था बन्द रहेपनि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सहकारीले आफ्ना सदस्यहरु लाई घर घर मा नगद पुर्याउन थालेको बताउनु भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सस्थाले बनेपा नगरपालिका लाई खाद्यान्न सहयोग २० बोरा चामल,एक बोरा नुन, ४ काटुन तेल र एक बाकस लाईफ बोइय साबुन बितरण गरेको छ ।

यसै गरि काभ्रे जिल्ला कार्यक्षेत्र बनाएर बनेपा तिनदोबाटोमा प्रधान कार्यलय रहेको अग्नि बचत तथा ऋण सहकारी सस्थाका प्रबन्धक संचालक श्री रबिन्द्र श्रेष्ठले पनि समस्या पर्दा नै सहकारी जहिले पनि अगाडि रहेको बताउनु भयो।

सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला बिपत ब्यवस्थापन लाई एक थान पिपिई दिई सहयोग गर्नु भएको छ ।

काभ्रे जिल्ला पनौती नगर पालिका कार्यक्षेत्र बनाएर पनौतीमा प्रधान कार्यलय रहेको सुन्दर बस्ती बचत तथा ऋण सहकारी सस्थाका प्रबन्धक संचालक श्री रोशन चौलागाईले पनि सदस्य हरुलाई समस्या पर्दा जहिले पनि अगाडि बढि आफ्नो दायित्व सम्झि सहयोग गरेको बताउनु भयो।

सामाजिक उत्तरदायित्व अन्तर्गत पनौती नगरपाली लाई खाद्यान्न चामल १५ बोरा , नुन एक , बोरा खानी तेल ५ बाकस र साबुन १कार्टुन दिई सहयोग गरेको बताउनु भयो।

यस्तो विषम परिस्थितिमा पनि आफ्ना सद्स्यहरु लाई आर्थिक समस्यामा नपरुन भनी सातामा ३ दिन सस्थाले आफ्नो कार्यलय खोली आवस्यक रकम उपलब्ध गराउने गरेको पनि उहांँहरुले जानकारी गराउनु भयो ।