लेखक : सन्च खालिङ राई
प्रिय सरकार र जनताका नेता, नमस्कार !काठमाडौ – सादय आजको दिनसम्म मेरो खबर नपाएर धेरै छट्पटिनु भएको छ होला अनि म महामारिले मरेको खबर पो आउलाकी भनेर समाचार पनि हेर्नू हुन्छ होला। म ज्युंँउदो छु, म ज्युउंँदो रहेको खबर तपाईलाई पठाउन ढिला गरे! चाहेको थिए अस्ति नै पठाउला तर दुर्भाग्य भनौ हरेक समस्याले थिलथिलो भए, उकुस मुकुस भए त्यही भएर समयमा मेरो खबर पठाउन सकिन त्यसको लागि माफी दिनु ल ! अनि तपाईं नेता त ठूलो मान्छे म सानो मान्छे मैले पो तपाईलाई सन्चो बिसन्चो सोध्नु पर्ने थियो मैले त्यो गर्न सकिन। हिजोसम्म पो जसले सोध्दा पनि हुन्थ्यो किनकी हामी एउटै हैसियतको थियौ अहिले पो तपाईं कहांँको आकाशमा अनि म कहाको जमिनमा छु।
म आफुलाई असाध्यै भाग्यमानी ठान्छु तपाईहरु जस्तो नेताको कार्यकर्ता हुन पाए। हामीले यहाँ शहरमा गाउंँबाट ल्याएको पिठो सकेर समस्यामा थियौ नै, गाउंँबाट ल्याएको हात्तीछाप चप्पलको फिता छिनेर खाली खुट्टामा त थियौ नै आमाले पटुकामा साचेर राख्नु भएको खर्च मेरो भविस्य सम्झेर पठाउनु भएको त्यो पनि सकेर बिखर्चीमा त थियौ नै देख्ने ले त शहरिया देख्लान तर जीवन शैली त उहीँ गाउकै त होनि। यसरी बाच्दा पनि आनन्द मिलेकै थियो जिउने आशा जिउदै थियो यो हाम्रो जिवनशैलिमा पनि बज्रपात पर्यो कोभिड १९ नामक किटानुले हामी थिलथिल भयौ।
मैले यी हरेक समस्यासङ्ग जुध्न पहिलो चोटि तपाईलाई नै सम्झेको थिए अनि तपाईको सरकारलाई दुर्भाग्य भनौ मैले सुरुमा मेरो जन्मदिने बा आमालाई नि सम्झिन किनकि मलाई मेरो बा आमा भन्दा बढी विस्वास तपाईं र तपाईले चलाउनु भएको सरकार प्रती थियो! बा आमा मेरो आफ्नो मात्र हो तपाई अनि तपाईको सरकार त हामी सबैको साझा हो तर जिन्दगिमा सबै भन्दा ठूलो भुल मैले त्यही बेला गरे क्यारे मैले मेरो बा आमालाई नसम्झेर। गल्ती भएछ त्यो बेला मेरो आमा बाबाको आशीर्वादमात्र पाएको भए नि मलाई निक्कै राहात हुने रहेछ। हामी सबैलाई थाहा छ छोरा / छोरी बिरामी अबस्थामा ओछ्यानमा सुतिरहेको बेला आमाले ती कोमल हात टाउकोमा राखेर बाबु तिमिलाई कस्तो छ भनेर सोधी दिंँदा मात्र पनि आधा रोग निको हुन्छ जस्तो लाग्छ !त्यसरी गर्ने उपचार बिधिलाई अकुपङ्चर विधि भनिन्छ क्यारे। हामीले तपाईबाट त्यहि कुराको अपेक्षा राखेका थियौ तपाईले के कस्तो छ भनेर सोधनु होला समस्या परे आफुलाई भन्न आग्रह गर्नु होला तर तपाईले गर्नु भएन। हामी हाम्रो धैर्यताको सिमा तोड्दै तपाईको खोजिमा निस्क्यौ करायौ चिच्यायौ गाली बेजेत गर्यौ। हामिले रिस र आबेगमा आएर के के भन्यौ तर तिमी वरदेखी पर सरेनौ केही नबोली बस्यौ चुपचाप सहि रह्यौ साच्चै तपाईं महान नेता जसले यत्ती धेरै गाली पनि सहन सक्ने हिम्मत गर्यौ।
हामिले सोच्यौ यो महामारिसङ्ग लड्न तपाईको बिकासे बजेटको ४० % जनताको जिउ धनको सुरक्षामा लगानी गर्ने छौ बिकासको कुरा १ वर्ष पर धकेलेर के भयो आखीर हुने कुरा भएरै छाड्छ एक न एक दिन तर म गलत रहेछु जब मैले तपाईंको अनि तपाईको सरकारको वास्ताविकता थाहा पाए म छाङ्गाबाट खसे म आफुलाई माफिको लायक पनि सम्झिन। तपाईं त ५ वर्ष भित्र नेपाललाई युरोप, अमेरिका बनाउने अभियानमा हुनुहुदो रहेछ, ५ वर्ष भित्र ८५ हजार मेघावाट बिजुली निकालेर बिजुली बेची एसिया महदेशलाई नै झिलिमिली बनाउने अभियानमा ब्यस्त हुनुहुदो रहेछ! त्यहांँको जडिबुटी, खानी आदि ईत्यादि को उत्खनन र प्रशोधन गरि प्रत्येक नागरिकलाई आत्मनिर्भर बनाउने अभियानमा हुनुहुंँदो रहेछ। बिदेशका सबै युवालाई रोजगारी दिन नेपाल ल्याउने तयारिमा हुनुहुदो रहेछ ।अनि ५ वर्ष भित्रै नेपाललाई स्विजरल्यान्ड बनाउदै हुनुहुदो रहेछ ! धन्न हामी एक कौडिको कार्यकर्ताहरुको कारण त्यो तपाईको अभियानमा तुसारोपात भएन! शहरका केही थान शहरिया पढेलेखेका कार्यकर्ताहरु मरेर आखिर तपाइलाई के बित्छ र किनकी कार्यकर्ता जन्माई दिने अझै नि अशिक्षित भएकै कारन १२/१४ वर्षमै बिहे गर्ने युवायुवती गाउंँमा कति छन कति त्यो भन्दा आफ्नो सिङ्गापुर बनाउने योजना मै लाग्नुस हाम्रो पनि सफलताको शुभकामना। उता तपाईलाई सफलताको शुभकामना दिदै गर्दा यता मेरो हातहरु कापी रहेछ जनताको जिम्मेवारबाट भाग्न सजिलो रहेनछ। अनि थाहा भयो अहिले तपाईले खाई लाई आउनु भएको सत्ता अनि त्यसको भत्ता कति महङ्गो रहेछ। त्यसको हिसाब जनताले हामी कार्यकर्तासङ्ग माग्दैछन । हामी त्यो रिन तिर्दैछौ नेता ज्यु! एक पटक सम्झनुस त हामिले प्रत्येक जनताको घर घरमा गएर भोट माग्न जादा के भनेको थियौ ?तपाईहरुको सुख दुख को साहारा हामी नै हौ भनेको यत्ती चाडै बिर्सनु भयो ? हुन त तपाईको गल्ती कति पनि छैन गल्ती हामी झोले कार्यकर्ताहरु कै हो हामी तपाईको मीठो कुरामा विस्वास गर्यौ। हुनत त्यो बेला अवस्था त्यो थिएन कि तपाईलाई विस्वास नगर्नु पर्ने कारन १% पनि।
तपाईं हामिले जे माग्थ्यौ त्यहि दिनु हुन्थ्यो। गाडी चाहियो गाडी, मासु भात खान मन लाग्यो मासुभात, पैसा माग्यो पैसा अनि नहुने कुरा के थियो र ? आज पो थाहा हुदैछ त्यो ३ छाक भातको मूल्य कति महङ्गगो रहेछ। यो त तीन छाक खाएर ३६५ दिनमा तिरी नसक्ने अजम्बरी भात पो खाएका रहेछौ। हामी यो बेला के गरौ नेता ज्यु ? आज जनताहरु हाम्रो आवस्यकताको महसुस गर्दैछन हामी भागेर कति दिन बसौ कहाँ सम्म भागौ नेता ज्यु तपाईं आफै भन्नुस न ! हामी धेरै टाढासम्म भाग्न सकेनौ हामी थाकी सक्यौ।
मान्छेको सबै भरोसा सके पछिको एउटा अन्तिम बिकल्प रहेछ मृत्यु। यो जतिको कठिन कुरा केही नहुदो रहेछ तर पनि मान्छे मर्ने निश्चित भए पछि को अर्को बैकल्पिक बाटो रहेछ बौलाउनु। हामिले मर्नु भन्दा अगाडि बौलाउने कोशिस गर्यौ जाबो हामी त त्यत्ती बौलाउन योग्य पनि रहेन छौ। बौलाउन त आंँट चाहिदो रहेछ हिम्मत चाहिदो रहेछ जाबो हामीसङ्ग बौलाउने हैसियत नि राखेनौ।
थाहा छ नेता ज्यु ! आज सुनसान काठमाडौ अनि त्यही सुनसानबाट पर निस्केर कोलाहाल भित्रको आनन्दको सास फेर्न गरिबहरुले के सम्म गरेनन ? के गर्न बांँक बाकी राखे ? सुन्नु भयो होला मजदुरहरुले पैदल होडेर काठमाडौ छाडे त्यो पनि सयौ किलोमिटर टाढा त्यो पनि भोकै नाङ्गौ। अब देशका जिम्मेवारीमा बस्नु हुने नेताहरुलाई मेरो प्रश्न यो छ कि ? यो निर्णय लिन कस्को मन छिया छिया भएन होला ? कस्को मनमा बाढी पहिरो गएन होला र ! यो निर्णय बौलाहा बाहेक कुन चाहिँ मुर्खले गर्न सक्छ कि मर्छु भन्ने थाहा हुदा हुँदै खाली खुट्टा हिडेर गाउँ जान ?
ती गरिबहरु आज किन मर्न बाध्य हुदैछन र कस्को कारणले ? तपाईहरु राम्रो देशको सपना देख्नु हुन्छ अनि देखाउनु हुन्छ तर राम्रो ब्यवस्था सहितको सरकार चलाउने ढङ्ग पुर्याउनु हुन्न, ती मजदुरको समस्यामा तपाईको आँखा अगाडि पुग्दैन भने त्यो सपना नदेखे कस्लाई के फरक पर्छ र ? ३ करोड जनताको जिउ धनको जिम्मा लिने तपाईहरु भन्दा रिन काडेर २० रुपैयाको चाउ चाउ र पानी बाडेर खाने गरिबहरु तपाईहरु भन्दा ३ करोड गुणा नै बढी धनी रहेछ त्यो साबित भयो।
यहाँ हामी आफ्नो छाक काटेर भोको पेटको लागि छाक टार्दै छौ। मनकारीहरुसङ्ग मागेर बाचिरहेका छौ अब यो बेला मरेनौ भने फेरि तपाईं हाम्रो भेट अवस्य हुनेछ। हामी भोट हाल्न अबस्य आफ्नो जन्मभुमी आउछौ मतपेटिका सुरक्षीत जोगाएर राखी राख्नुस ल। अब मैले यत्ती हाम्रो साझा रामकहानी सुनाए पछि पक्कै तपाईको मनमा केही कुरा खेल्यो होला अनि फेरि मलाई सोध्नु होला म तपाईको उत्तर आफै दिनेछु, तपाईले सोध्नु भन्दा अगाडि नै। तपाईले सुन्नु भयो होला पुर्व सन्चार मन्त्रीले ७० करोड खुस खायो सांँचो कुरा खाको होइन घुस मागेको मात्र हो ! सुन्नु भयो होला प्रधानमन्त्रीले पार्ट टाईम डाक्टर पेशा पनि गर्दै हुनुहुन्छ सांँचो कुरा उहाले डाक्टरहरुलाई निर्जिब कोरोना को बारे फ्याटिय र बोसिय तत्वलाई तातो पानीले पखालेर मार्दिन निर्देशन दिनु भएको हो ! सुन्नु भयो होला स्वास्थ सामाग्री खरिदमा स्वास्थ्य मन्त्रीले घोटला गर्यो सांँचो कुरा घोटला गरेको होइन, गर्न खोजेको मात्रै हो ! जनता बेलैमा जागेपछी चकनाचुर भएको हो !
सुन्नु भएको होला राहात बाड्दा बाड्दै जनप्रतिनिधि ले मार्सिधान चामल लुट्यो रे , सांँचो कुरा त्यो मार्सिधान होइन लुटिएको चामल जिरामसिनो मात्रै हो ! सुन्यौ होला सरुवारोग बिसेशज्ञ डाक्टर शेर बहदुर पुन कारबाहीमा पर्यो रे, साचो कुरा कारबाहीमा परेको होइन मन्त्रालय झिकाएर कार्बाही प्रकृया अगाडि बढाईएको हो !
नेपालमा राम्रो मान्छे कुनबेला कारबाहिमा पर्छन थाहा हुन्न त्यो कुरा त हामिलाई भन्दा बढी तपाईलाई नै थाहा छ। सुन्यौ होला सबै गरिबले काठमाडौमा बस्ने औकात नराखेर हिडेरै गाउँ गए, सांँचो कुरा गाउँ हिडेका मात्र हुन, उनीहरु बाटैमा अलपत्र छन ! सोधौला त्यहा त चुलोचुलोमा ग्यास पाईपमा आउँछ, साचो कुरा ग्यास सिलिन्डर बाट चुलोसम्म पाईप मै आउँछ ! सोधौला त्यहांँ पानी जहाज र रेल आयो भनेर सांँचो कुरा हो, त्यो अहिले होइन ७६ साल सम्ममा आइसक्ने हो अहिले भखर ७७ को सुरुवाती हो !
अब यी सबै कुरा सोधी सके पछि सोचौला त्यहांँ पनि सरकार थियो त्यहांँको सरकार के हेरेर बस्छ, म भन्छु सरकार यी सबै कुराको अनुसन्धान गर्दैछ ! अनि फेरि सोधौला यो अनुसन्धान कहिले सकिन्छ, अनि म भन्छु २०५० साल जेट ३ गते जननेता मदन भण्डारी कान्ड, २०५८ जेट १९ गते राजदरबार हत्याकान्ड, निर्मला पन्त काण्डको त अनुसन्धान सकेको छैन यसको अनुसन्धान सक्न अझै एक दुई पुस्ता लाग्छ । धैर्य गर्न सल्लाहा दिन्छु, अब मैले मेरो कथा त सुनाए अब म तपाईको कथा सुन्न म चाडै जन्मभुमी फर्केर आउदैछु । मैले तपाईलाई सोध्नु पर्ने कुरा धेरै छन म एक एक गरि सोध्ने छु……!
लेखकलाई सम्पर्क गर्नको लागि : 9842898468,sancha_111@yahoo.com