Sunday 5th February 2023

    एनआरएनए सचिव न्यौपाने सोसियल अवार्डद्वारा मलेसियामा सम्मानित    रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग    जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूमिका प्रभावकारी: राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष    एक दुई वटा सहकारीमा समस्य आयो भन्दैमा सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन : शान्तमणी रिजाल    गीतसंगीत कै शिलशिलामा देश तथा बिदेशी हिडिरहेको छु – लोकप्रिय गायक हरि कर्माचार्य

कोरोना संक्रमणबाट विश्वका ५२ मुलुकका २२ हजार भन्दा बढी स्वास्थकर्मी संक्रमित

Sunday, April 12, 2020 National Power

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको बताएको छ ।

शनिबार सार्वजनिक गरिएको डब्ल्यूएचओको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म सबै मुलुकबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको विषयमा यकिन जानकारी आउन नसकेको कारण यो संख्या अझै बढी हुन सक्ने डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले अहिले विश्वभरका स्वास्थ्यकर्मीले कोरोना भाइरसको नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निभाइरहेको बताएको छ । कोरोना भाइरसबाट बच्न बिरामीको उपचारमा जाँदा संगठनले सिफारिस गरेको सुरक्षाको उपकरणको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुलाई डब्ल्यूएचओले सुझाव दिएको छ ।